लिला आधारभूत विद्यालयमा विद्यार्थीलाई पोशाक वितरण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा, जेठ १३ – पोखरा महानगरपालिका वडा नं. २२ स्थित लिला आधारभूत विद्यालयमा शैक्षिक सत्र २०८२ का सबै विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ।

कार्यक्रमको संयोजन कालिमाटी शान्ति स्तुपा टोल विकास संस्थाका अध्यक्ष सुदिप बिकले गर्नुभएको थियो। कार्यक्रममा वडा अध्यक्ष हिमलाल बराल प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो भने वडा सदस्य कृष्णकुमारी देवकोटा विशेष अतिथि रहनुभएको थियो।

अन्य अतिथिहरूमा वडा युवा परिषद्का अध्यक्ष तथा टोल विकास संस्थाका उपाध्यक्ष दिनेश बराल, समाजसेवी लियो एन्ड लायन राजेन्द्र बराल, विद्यालयका प्रधानाध्यापक लिला बराल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मीन बिक, समाजसेवी सरिता बिक, बुद्धि लामघाते र कर्ण गुरुङलगायतको उपस्थिति रहेको थियो।

यसअघि लियो क्लब अफ पिस चौतारीद्वारा केही पोशाक वितरण भइसकेको थियो। बाँकी अपुग पोशाक संयोजक सुदिप बिकको विशेष पहलमा समाजसेवी राजेन्द्र बराल, कर्ण गुरुङ, श्याम कुमार बजागाईं, दिनेश बराल, सरिता बिक र बुद्धि बिक लामघातेको सहयोगमा वितरण गरिएको हो।

कार्यक्रमले विद्यार्थीहरूमा उत्साह थप्नुका साथै सिकाइको वातावरणलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रम संयोजक सुदिप बिकले सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता क्रियाकलापलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।