सि झाङ स्वायत्त जनसरकारका उपप्रमुख डान बा नेतृत्वको प्रतिनिधि मण्डल र पोखरा महानगर प्रमुख आचार्य बीच शिष्टाचार भेटवार्ता

पोखरा,जनवादी गणतन्त्र चीनको सि झाङ स्वायत्त जनसरकारका उपप्रमुख डान बा नेतृत्वको ६ सदस्यीय प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेको छ । चीनको ल्हासाबाट हिमालयन एयरलाइन्सको विमान मार्फत पोखरा आएको उक्त टोलीले नगरप्रमुख आचार्यको कार्यकक्षमा गरेको भेटवार्तामा दुईपक्षिय हितका विषयमा छलफल भएको छ । छलफलका क्रममा नगरप्रमुख आचार्यले पोखराबाट चिनियाँ बजारमा निर्यात […]
नेकपा (एस )पोखरा महानगर कमिटीको प्रथम अधिवेशन जेठ १५ गते, सालिक बरालले अध्यक्षमा उम्मेदवारी दिने घोषणा

पोखरा, – नेकपा (एकीकृत समाजवादी) पोखरा महानगर कमिटीको प्रथम अधिवेशन जेठ १५ गते हुने भएको छ। अधिवेशनको पूर्वसन्ध्यामा हाल महानगर कमिटीका उपाध्यक्ष रहेका सालिक बरालले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बरालले पोखरा १३ बाट राजनीतिक यात्रा सुरु गरेका थिए र युवा संघको केन्द्रीय सदस्य हुँदै हाल उपाध्यक्षसम्मको जिम्मेवारी सम्हाल्दै आएका छन्। उनले २०५८ […]
लिला आधारभूत विद्यालयमा विद्यार्थीलाई पोशाक वितरण

पोखरा, जेठ १३ – पोखरा महानगरपालिका वडा नं. २२ स्थित लिला आधारभूत विद्यालयमा शैक्षिक सत्र २०८२ का सबै विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ। कार्यक्रमको संयोजन कालिमाटी शान्ति स्तुपा टोल विकास संस्थाका अध्यक्ष सुदिप बिकले गर्नुभएको थियो। कार्यक्रममा वडा अध्यक्ष हिमलाल बराल प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो भने वडा सदस्य कृष्णकुमारी देवकोटा विशेष अतिथि रहनुभएको […]
पोखरामा भोलि वृहत सरसफाइ कार्यक्रम, सबै नगरवासीलाई सहभागिताको आग्रह मेयर आचार्य

पोखरा, – १८औँ गणतन्त्र दिवसको अवसरमा पोखरामा भोलि (जेठ १३ गते, मंगलवार) बिहान ७:३० बजे वृहत सरसफाइ कार्यक्रम आयोजना हुने भएको छ। पोखरा–१७ स्थित ड्रायामसाइड पार्क क्षेत्र सञ्चालन हुने उक्त कार्यक्रममा गण्डकी प्रदेशको गणतन्त्र दिवस मूल समारोह समिति आयोजक र पोखरा महानगरपालिका व्यवस्थापकका रूपमा रहनेछ। फेसबुकमार्फत जानकारी दिँदै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सम्पूर्ण नगरवासीलाई […]
पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गर्ने पहिलो महानगरपालिका

पोखरा, – पोखरा महानगरपालिका नेपालकै पहिलो “पूर्ण खोप सुनिश्चितता दिगोपना” घोषणा हुने महानगरपालिका बनेको छ। सोमबार आयोजित विशेष समारोहका बीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले औपचारिक रूपमा यो उपलब्धिको घोषणा गरे। नेपालका ६ वटा महानगरहरूमध्ये पोखरा पहिलो हो जसले ०–२३ महिनासम्मका बालबालिकालाई लक्षित गर्दै पूर्ण खोप सुनिश्चितता प्राप्त गरेको हो। विगत एक वर्षको अवधिमा ०–१५ […]
पाेखराकाे प्रचार गर्न पाेखराका पर्यटन व्यवसायी पश्चिम नेपाल प्रस्थान

पोखरा ।आन्तरिक पर्यटक बाेलाउन पाेखराका पर्यटन व्यवसायीकाे एक टाेली पश्चिमतर्फ प्रस्थान गरेकाे छ । पृथ्वी हाेटल व्यवसायी समितिकाे टाेली साेमबार बिहान लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रर्वद्धन कार्यक्रमसहित प्रस्थान गरेकाे हाे । ‘ पोखरा जाऊँ प्रकृतिसंग रमाऔं, पोखरा भ्रमण वर्ष २०२५ सफल पारौं’ भन्ने मूल नारासहित पृथ्वी हाेटल व्यवसायी समितिका अध्यक्ष अम्बिका घिमिरे (अमृत) काे नेतृत्वकाे टाेलीलाई […]
पुटिनलाई ट्रम्पको चेतावनी- रूसको पतन निम्त्याउने काम नगर्नू

युक्रेनी सहरहरूमा रूसले मिसाइल र ड्रोन हमलालाई निरन्तरता दिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समकक्षी भ्लादिमिर पुटिनलाई चेतावनी दिएका छन्। रूसले युक्रेनको राजधानी किभ र त्यस आसपास लगातार हवाइ हमला गरेपछि ट्रम्पले पुटिनलाई रूसको पतन निम्त्याउने काम नगर्नू भनेर चेतावनी दिएका हुन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट लेख्दै ट्रम्पले पुटिन युक्रेनको केही टुक्रा नभएर पूरै […]
दक्षिण भारतका यी राज्यहरूमा भारी वर्षासम्बन्धी रेड अलर्ट जारी

भारतीय मौसम विज्ञान विभाग (आईएमडी)ले दक्षिण भारतका तीन राज्यहरू कर्नाटक, केरला र तमिलनाडुको लागि रेड अलर्ट जारी गरेको छ । यी राज्यहरूमा सोमबार भारी वर्षाको चेतावनी जारी गरिएको छ । मौसम विभागले राजस्थानमा लूसम्बन्धी चेतावनी समेत जारी गरेको छ । साथै, बिहार, मध्य प्रदेश र महाराष्ट्रमा पनि तेज हावासँगै वर्षा हुने अनुमान गरिएको छ । आगामी […]
‘भिजिट भिसा’ प्रकरणबारे छलफल गर्न देउवानिवासमा कांग्रेस पदाधिकारी बैठक

सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। आज बिहान ९ बजे सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा बैठक बोलाएका हुन्। बैठकमा पार्टीको क्रियाशील सदस्यता र नवीकरणको अवस्था, आगामी आर्थिक वर्षको बजेट, ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखक र समसामयिक विषयमा पनि बैठकमा छलफल हुने कांग्रेसका एक पदाधिकारीले जानकारी दिए।कांग्रेसले सदस्यता नवीकरणका लागि असार […]
पश्चिमी र स्थानीय वायुसहित जलवाष्पयुक्त हावाको प्रभाव : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको उत्तर-पश्चिमका केही क्षेत्र तथा दक्षिण-पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै भारतको केरला आसपासको क्षेत्र, माल्दिभ्स, श्रीलङ्का लगायतका भू-भागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भू-भागतर्फ […]