पोखरामा भोलि वृहत सरसफाइ कार्यक्रम, सबै नगरवासीलाई सहभागिताको आग्रह मेयर आचार्य

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा,  – १८औँ गणतन्त्र दिवसको अवसरमा पोखरामा भोलि (जेठ १३ गते, मंगलवार) बिहान ७:३० बजे वृहत सरसफाइ कार्यक्रम आयोजना हुने भएको छ। पोखरा–१७ स्थित ड्रायामसाइड पार्क क्षेत्र  सञ्चालन हुने उक्त कार्यक्रममा गण्डकी प्रदेशको गणतन्त्र दिवस मूल समारोह समिति आयोजक र पोखरा महानगरपालिका व्यवस्थापकका रूपमा रहनेछ।

फेसबुकमार्फत जानकारी दिँदै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सम्पूर्ण नगरवासीलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्। “हाम्रो अभियान, सफा सुन्दर पोखरा” भन्ने नारासहित सञ्चालन हुने यस कार्यक्रममा सरकारी तथा गैरसरकारी संस्था, संघसंस्था, समाजसेवी, विद्यार्थी र स्थानीयवासीहरूको व्यापक सहभागिता अपेक्षित गरिएको छ।

पोखरालाई पर्यटकीय, सांस्कृतिक र वातावरणीय दृष्टिले अझ आकर्षक र सफा बनाउने उद्देश्यले आयोजना गरिएको यो सरसफाइ कार्यक्रमलाई सफल बनाउन मेयर आचार्यले पोखरेलीहरूप्रति सहकार्यको आह्वान गरेका छन्।