गोरखामा बसले किच्दा छोरीको मृत्यु, आमा गम्भीर घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा । गोरखामा आफै सवार बसले किच्दा एक बालिकाको घटनास्थलमै ज्यान गएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् ।

मृत्यु हुनेमा गोरखा नगरपालिका वडा नं ४ फिनामकी चार वर्षीया सुविना सुर्खेती छन् । घाइते हुनेमा बालिकाकै आमा २० वर्षीया विनिता सुर्खेती छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घाइते सुर्खेतीको प्रदेश अस्पताल गोरखामा उपचार जारी छ । उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

 

गोरखाबाट आरुघाटतर्फ जाँदै गरेको ग२ख ९२५ नम्बरको बसले सुर्खेतीका आमाछोरीलाई ओराल्ने क्रममा उक्त घटना भएको हो ।

आमाछोरी बसबाट झरेर पाखा नलाग्दै बस अघि बढाइँदा सो घटना हुन पुगेको प्रहरी अनुमान छ ।

बालिकाको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।

चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । घटनापछि स्थानीयले सडक अवरुद्ध पारेका थिए ।