शिक्षकहरु आन्दोलन फिर्ता लिएर बिद्यालयमा फर्कन सहमत

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा, १७ बैशाख २०८२।२९ देखि आन्दोलनरत शिक्षकहरु निर्णायक भनिएको आन्दोलन तत्काल फिर्ता लिएर बिद्यालयमा फर्कन सहमत भएका छन्।

सरकारसंग बुधबार साँझ भएको वार्तामा शिक्षकहरु निर्णायक भनिएको आन्दोलन तत्काल फिर्ता लिएर बिद्यालयमा फर्कन सहमत भएका हुन्।

सरकार नेपाल शिक्षक महासंघले अघि सारेका नौ बुंदे प्रस्ताबलाई समेटेर विद्यालय शिक्षा ऐन असार १५ सम्म जारी गर्ने सहमत भए पछि उनीहरुले हालसम्मका आन्दोलनका कार्यक्रमहरु स्थगित गरेर बिद्यालय फर्कन सहमत भएका हुन्। मन्त्री

शिक्षक महासंघका प्रतिनिधिहरु संगको वार्तामा भएका सहमतिका बुंदालाई अनुमोदन गर्न अहिले मन्त्रीपरिषद बैठक बसिरहेको छ। उक्त मन्त्रीपरिषद बैठकले नेपाल शिक्षक महासंघका प्रतिनिधिहरुसंग भएको सहमतिलाइ अनुमोदन गरेपछि मात्र के के बिषयमा सहमति भयो भन्ने बारेमा तथ्य सार्वजनिक गर्ने तयारी भैरहेको समाचार स्रोतहरुले जानकारी दिएका छन्।