शिक्षकहरु आन्दोलन फिर्ता लिएर बिद्यालयमा फर्कन सहमत

पोखरा, १७ बैशाख २०८२।२९ देखि आन्दोलनरत शिक्षकहरु निर्णायक भनिएको आन्दोलन तत्काल फिर्ता लिएर बिद्यालयमा फर्कन सहमत भएका छन्। सरकारसंग बुधबार साँझ भएको वार्तामा शिक्षकहरु निर्णायक भनिएको आन्दोलन तत्काल फिर्ता लिएर बिद्यालयमा फर्कन सहमत भएका हुन्। सरकार नेपाल शिक्षक महासंघले अघि सारेका नौ बुंदे प्रस्ताबलाई समेटेर विद्यालय शिक्षा ऐन असार १५ सम्म जारी गर्ने सहमत भए […]

शिक्षक र सरकारबिचको वार्ता सहमति नजिक

पोखरा १७ वैशाख,नेपाल शिक्षक महासङ्घ र सरकारबिचको वार्ता सहमति नजिक पुगेको छ। सिंहदरबारमा जारी वार्तामा शिक्षकहरूले राखेका ९ बुँदे मागमा सहमति जुट्न लागेको हो । शिक्षक महासङ्घले राखेका अधिकांश मागहरू सरकारले सहमति जनाएको छ । विद्यालय शिक्षा ऐन जारी गर्नका लागि राखिएको मागमा सहमति जुट्न बाँकी छ । वार्तामा शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री रमेश लेखक, […]

छुटे रेशम चौधरी

पोंखरा १७ वैशाख ,नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी छुटेका छन्।सर्वोच्च अदालतबाट अनधिकृत पत्रका आधारमा पक्राउ परेका चौधरीलाई सर्वोच्चले अर्को पत्र पठाएपछि छाडेको हो। ‘सर्वोच्चको अर्को पत्र आएपछि प्रक्रिया पुर्‍याएर उहाँलाई छाडेका हौं,’ डिल्लीबजार कारागार कार्यालका एक अधिकारीले भने। बुधबार प्रज्ञा भवनमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकताका लागि कार्यक्रम सुरु हुन लाग्दा उनी […]

ओलीलाई भेटेपछि एकीकृत समाजवादीका नेताहरूले भने– छलफल अत्यन्त सौहार्दपूर्ण भयो

नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूले प्रधानमन्त्री केपी ओलीसँगको भेटघाट सौहार्दपूर्ण भएको बताएका छन् । अहिले देखिएका समग्र राष्ट्रिय समस्या समाधान हुने गरी सरकारको आगामी नीति तथा कार्यक्रममा समेट्न माग पत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटार गएका नेताहरूले भेटघाट सौहार्दपूर्ण भएको बताएका हुन् । ओलीसँग भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष प्रकाश ज्वालाले विभाजनपछि यति सौहार्दपूर्ण बसाई पहिलो […]

रेशम चौधरीलाई छुटाउन सर्वोच्चले प्रहरीलाई पठायो पत्र, पत्र लेख्ने महिमानसिंह पक्राउ

पोखरा १७ वैशाख,नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी तत्कालै छुट्ने भएका छन् । उनलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको पत्र प्रहरीमा पुगेको छ । यसअघि सर्वोच्चको मुद्दा शाखाबाट रेशमलाई पक्राउ गर्ने पत्र लिएर गएका शाखा अधिकृत महिमानसिंह विष्टलाई पक्राउ गरेर हिरासतमा राखिएको छ । उनले आफूलाई हिंसामा मरेका मान्छेहरूको आत्माले पोलेकाले पत्र लेखेको बयान दिएका छन् […]

पोउवा संघमा सिन्धुपाल्चोकको प्रतिनिधिमण्डल सुस्ताएको अर्थतन्त्रलाई गति लिने बजेट आओस् :अध्यक्ष कार्की

पोखरा, १७ वैशाख/ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले आउँदो आर्थिक वर्ष २०८२÷०८३ को बजेट निजी क्षेत्र तथा लगानीमैत्री होस् भन्ने कामना गरेका छन् । सुस्ताएको अर्थतन्त्रलाई गति दिने खालका नीति तथा कार्यक्रमले मात्र निजी क्षेत्र उत्साहित हुने उनको धारणा छ । पोखरा भ्रमणमा रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँग बुधबार भएको अन्तक्र्रियामा बोल्दै […]

नवौं पोखरा स्पोट्र्स अवार्डका लागि ४ विद्यामा मनोनयन सार्वजनिक

पोखरा वैशाख १७/ ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ को लागि ४ विद्यामा मनोनयन सार्वजनिक भएको छ । बुधबार पोखराको लेकसाइडस्थित बुम¥याङ रेष्टुरेण्टमा आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्ड अन्तरगत वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी […]

केन्द्र–वाम पार्टीद्वारा जर्मन गठबन्धन सम्झौता अनुमोदन, मेर्जलाई चान्सलर निर्वाचित हुने मार्ग प्रशस्त

जर्मनीको केन्द्र–वाम सोसल डेमोक्रेट्सले नयाँ गठबन्धन सरकारमा सामेल हुने सम्झौता स्वीकृत गरेको छ । यसले संसदलाई कन्जरभेटिभ नेता फ्रेड्रिच मेर्जलाई देशको नयाँ चान्सलरका रूपमा निर्वाचित गर्ने बाटो प्रशस्त गरेको छ । निवर्तमान चान्सलर ओलाफ स्कोल्जको पार्टी मेर्जको केन्द्र–दक्षिणपन्थी क्रिश्चियन डेमोक्रेटिक युनियन (सिडियु)  र यसको बाभेरियन भगिनी पार्टी, क्रिश्चियन सोसल युनियन (सिएसयु) द्वारा नेतृत्व गरिएको गठबन्धनमा […]

पूर्व इस्कन नेता चिन्मय कृष्ण दासले पाए जमानत

बंगलादेशको एक अदालतले आज देशद्रोहको मुद्दा खेपिरहेका पूर्व इस्कॉन नेता चिन्मय कृष्ण दासलाई जमानत दिएको छ। बंगलादेशमा इस्कॉन सन्त चिन्मय कृष्ण दास ब्रह्मचारीलाई देशद्रोहको आरोपमा पक्राउ गरिएको थियो।बंगलादेशको एक अदालतले आज देशद्रोहको मुद्दा खेपिरहेका पूर्व इस्कॉन नेता चिन्मय कृष्ण दासलाई जमानत दिएको छ। बंगलादेशमा इस्कॉन सन्त चिन्मय कृष्ण दास ब्रह्मचारीलाई देशद्रोहको आरोपमा पक्राउ गरिएको थियो।चिन्मय […]

गृहमन्त्री र भाजपा विदेश विभाग प्रमुखबिच भेटवार्ता

गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेबिच बुधबार भेटवार्ता भएको छ नेपाल भ्रमणका लागि काठमाडौँ आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेका हुन् । भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतंकवादी  आक्रमण घटनाको निन्दा गरे । मन्त्री लेखकले घटना दुःखद् भएको […]