पोखरा १७ वैशाख,नेपाल शिक्षक महासङ्घ र सरकारबिचको वार्ता सहमति नजिक पुगेको छ। सिंहदरबारमा जारी वार्तामा शिक्षकहरूले राखेका ९ बुँदे मागमा सहमति जुट्न लागेको हो ।
शिक्षक महासङ्घले राखेका अधिकांश मागहरू सरकारले सहमति जनाएको छ । विद्यालय शिक्षा ऐन जारी गर्नका लागि राखिएको मागमा सहमति जुट्न बाँकी छ ।
वार्तामा शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री रमेश लेखक, शिक्षा समिति सभापति अम्मर बहादुर थापा, कांग्रेस सचेतक श्याम कुमार घिमिरे, एमाले सचेत महेश बर्तौला, शिक्षा उपसमिति संयोजक छविलाल विश्वकर्मा सहभागी छन् ।
त्यस्तै महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदी, महासचिव तुला बहादुर थापा लगायतका पदाधिकारी तथा शिक्षक नेताहरूको उपस्थिति रहेको छ ।