छुटे रेशम चौधरी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोंखरा १७ वैशाख ,नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी छुटेका छन्।सर्वोच्च अदालतबाट अनधिकृत पत्रका आधारमा पक्राउ परेका चौधरीलाई सर्वोच्चले अर्को पत्र पठाएपछि छाडेको हो। ‘सर्वोच्चको अर्को पत्र आएपछि प्रक्रिया पुर्‍याएर उहाँलाई छाडेका हौं,’ डिल्लीबजार कारागार कार्यालका एक अधिकारीले भने।

बुधबार प्रज्ञा भवनमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकताका लागि कार्यक्रम सुरु हुन लाग्दा उनी त्यहीँबाट पक्राउ परेका थिए।

सर्वोच्चको रिट तथा मुद्दा महाशाखाबाट चौधरीलाई पक्राउ गर्नू भन्ने पत्र पुगेपछि काठमाडौं प्रहरी परिसरले चौधरीलाई पक्राउ गरी बुधबार नै डिल्लीबजार कार्यालयमा बुझाएको थियो।

सर्वोच्चको पत्रबारे सर्वोच्च प्रशासन नै अनभिज्ञ थियो। यसले सर्वोच्चमै दिनभरि बबन्डर मच्चाएको थियो। पछि महाशाखामा कार्यरत शाखा अधिकृत महिमानसिंह विष्टले अनधिकृत हस्तक्षर गरी पत्र पठाएको खुलेपछि उनी पक्राउ परेका छन्।

विष्टले अनधिकृत पत्र पठाएको पत्र प्रष्टीकरण दिएको छ। सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले विज्ञप्ति जारी गरी घटनाबारे प्रष्टीकरण दिएका छन्।