रुस-युक्रेन शान्ति प्रयासबाट पछि हट्न सक्ने अमेरिकी धम्की

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मंगलबार रूस र युक्रेनले ‘ठोस प्रस्तावहरू’ अघि नसारे अमेरिकाले मध्यस्थता छाड्ने चेनावनी दिएका छन् ।

उनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रारम्भिक प्राथमिकतामा अमेरिकी धैर्य कम हुँदै गएको छ । ट्रम्पले ह्वाइट हाउसमा फर्केको पहिलो २४ घण्टामै युद्ध अन्त्य गर्ने वाचा गरेका थिए । तर, उनले कार्यालयमा एक सय दिन मनाउँदै गर्दा रुबियोले प्रशासनले चाँडै अन्य मुद्दामा ध्यान दिनसक्ने सुझाव दिएका छन् ।

‘हामी अहिले यस्तो समयमा छौं जहाँ यो द्वन्द्व कसरी अन्त्य गर्ने भन्नेबारे दुई पक्षले ठोस प्रस्तावहरू दिन आवश्यक छ,’ विदेश मन्त्रालयका प्रवक्ता टेमी ब्रुसले पत्रकारहरूलाई भने, ‘यदि प्रगति भएन भने हामी यस प्रक्रियामा मध्यस्थकर्ताका रूपमा पछि हट्नेछौं ।’

उनले यो रुबियोबाट आएको सन्देश भएको बताए । उनले कूटनीतिमा अगाडि बढ्ने कि नबढ्ने भन्ने अन्तिम निर्णय ट्रम्पमाथि निर्भर हुने बताए ।

मंगलबार राष्ट्रपति ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिन अझै पनि युक्रेनसँग शान्ति सम्झौता गर्न चाहन्छन् भन्ने संकेत दिएका थिए ।

एबीसी टेलिभिजनसँगको अन्तर्वार्तामा पत्रकारले पुटिन शान्ति चाहनन्छन ? भनेर सोधेको प्रश्नमा ट्रम्पको भनाइ थियो, ‘मलाई लाग्छ उहाँ शान्ति चाहनुहुन्छ ।’

मंगलबार राष्ट्रपति ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिन अझै पनि युक्रेनसँग शान्ति सम्झौता गर्न चाहन्छन् भन्ने संकेत दिएका थिए ।

एबीसी टेलिभिजनसँगको अन्तर्वार्तामा पत्रकारले पुटिन शान्ति चाहनन्छन ? भनेर सोधेको प्रश्नमा ट्रम्पको भनाइ थियो, ‘मलाई लाग्छ उहाँ शान्ति चाहनुहुन्छ ।हामी सबै यो युद्ध निष्पक्ष रूपमा समाप्त होस् भन्ने चाहन्छौं । पुटिनलाई कुनै पुरस्कार नदिई, विशेष गरी कुनै जमिन नदिई,’ युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पोल्यान्डमा भएको एक कार्यक्रममा मंगलबार भिडियो कन्फरेन्समार्फत भनेका थिए ।’