तनहुँमा सवारी दुर्घटना २ जनाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पाेखरा बैशाख ७/ तनहुँको भानु नगरपालिका–१० स्थित नेपालडाँडामा आइतबार दिउँसो माइक्रोबस र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।

डुम्रे–बेसीशहर सडकखण्डमा आइतबार दिउँसो १२ बजेर १५ मिनेटमा दुर्घटना भएको हो । डुम्रेबाट लम्जुङतर्फ जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र ग २६ प ४०५८ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा परी स्कुटरमा सवार मनाङ नासोँ गाउँपालिका–८ का ४० वर्षीय मन घलेको लम्जुङको नमुना सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै स्कुटर पछाडि सवार लम्जुङ, बेसीशहर नगरपालिका–८ की ३२ वर्षीया अनिता थापा श्रेष्ठको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा निधन भएको हो ।

दुर्घटनामा घाइते भएका १४ जनालाई डुम्रे र सिउडीबारका अस्पतालहरूमा उपचारत छन् । जसमध्ये केहीलाई अवस्था गम्भीर भएपछि चितवन रिफर गरिएको छ ।