तनहुँमा सवारी दुर्घटना २ जनाको मृत्यु

पाेखरा बैशाख ७/ तनहुँको भानु नगरपालिका–१० स्थित नेपालडाँडामा आइतबार दिउँसो माइक्रोबस र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् । डुम्रे–बेसीशहर सडकखण्डमा आइतबार दिउँसो १२ बजेर १५ मिनेटमा दुर्घटना भएको हो । डुम्रेबाट लम्जुङतर्फ जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र ग २६ प ४०५८ नम्बरको […]

राप्रपा अध्यक्ष लिङ्देनल सिंहदरबारबाट पक्राउ

प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रहरी नियन्त्रणमा परेका छन् । उनलाई प्रहरीले सिहदरबारबाट नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नुअघि पार्टीको संसदीय दलको कार्यालयमा लिङ्देनसहितका नेताहरूलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो । यद्यपि उनीहरू बाहिर निस्किएर सिंहदरबारबाहिर निस्कन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । अन्य नेताहरू भने प्रदर्शन गरिरहेका छन् । लिङ्देनसहितका नेताहरूले सिंहदरबारभित्रै […]

शिक्षकको आन्दोलन थामिएन, काठमाडौंमा आज पनि प्रदर्शन

पोखरा ,शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । उनीहरु माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढिरहेका छन् । अघिल्ला दिनहरुमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज राप्रपाको प्रदर्शनलाई लक्षित गरी बिहानै प्रदर्शन गरेका हुन् ।उनीहरुले बिहान ९ बजेदेखि १२ बजेसम्म प्रदर्शन गर्ने जनाएका छन् […]

जनआन्दोलनका घाइते दुर्गा बहादुर बिक र अमृत बिक नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

पोखरा,  – जनआन्दोलनका घाइते तथा राजनीतिक परिवर्तनका सक्रिय साक्षी दुर्गा बहादुर बिक र अमृत बिक नेकपा (एकीकृत समाजवादी) पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्। शनिबार पोखरा–स्थित पार्टी कार्यालयमा आयोजित विशेष कार्यक्रममा उनीहरूलाई भव्य स्वागतसहित पार्टी प्रवेश गराइएको हो। कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री तुल बहादुर गुरुङ, केन्द्रीय सदस्य सीता पौडेल, गण्डकी प्रदेश कमिटी […]

पोखरा चाइल्ड स्टार सिजन ४ को उपाधि पोखरा पब्लिकका प्रवीन र सेन्ट म्यारीकी आइराले जिते

पोखरा, ७ वैशाख बाल प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नन्द इन्टरटेन्मेन्ट हाउसले आयोजना गरेको पोखरा चाइल्ड स्टार सिजन ४ को उपाधि पोखरा पब्लिक स्कूलका प्रवीन श्रेष्ठ र सेन्ट म्यारी स्कूलकी आइरा गुरुङले जितेका छन्। शनिबार पोखरामा सम्पन्न ग्रान्ड फिनालेमा उनीहरुले उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः बालक र बालिका तर्फको शीर्ष स्थान हासिल गरे। पुरुष तर्फ प्रथम रनरअपको […]

मौसम सतर्कता: देशका केही भागमा चट्याङ्ग र वर्षा हुने सम्भावना

पोखरा,हाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै बिहार आसपास रहेको न्यून चापीय रेखाको पनि सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित […]

शब्दमा शान्ति, मनमा द्वन्द्व—पुटिनको युद्धविरामप्रति युक्रेन सशंकित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको युद्ध केही घण्टा रोक्ने घोषणा गरेका छन् । उनले इष्टर पर्वका लागि युद्धविराम घोषणा गरेका हुन् । पुटिनले युद्धविराम अवधिभर युक्रेनमा सबै प्रकारका सैन्य कारबाही रोक्न आदेश दिएको बीबीसीले जनाएको छ । पुटिनले युक्रेनले पनि युद्धविराम गर्ने विश्वास व्यक्त गरेका छन्।एक भिडियो सन्देशमार्फत् पुटिनले यदि उक्साहट भएमा वा युद्धविराम उल्लंघन […]

सार्वजनिक ऋणको भार थपिँदै, नेपालमा ऋण २६ खर्ब ६७ अर्ब पार

पोखरा,सरकारले चालु आर्थिक वर्ष २०८१–८२ को चैत मसान्तसम्म साढे तीन खर्ब बढी ऋण उठाएको छ । यही अवधिमा सरकारले साढे दुई खर्ब बढी साँवा–ब्याज तिरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको २०८१ चैत मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड थियो भने पछिल्लो ९ […]