मध्यरातमा आतंक: गाउँपालिका अध्यक्षमाथि कपिलवस्तुमा गोली प्रहार

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा,५ बैशाख २०८२।कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार मध्यरातमा गोली प्रहार भएको छ । राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं. १ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको हो।

अध्यक्षलाई लक्षित गरि प्रहार भएको गोली भित्तामा लागेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।

राति विद्युत गएको समयमा चौधरी शौचालय गएर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको भन्दै पालिका अध्यक्ष चौधरीले प्रहरीलाई जानकारी दिएका छन्।

घटनास्थलबाट एक थान गोलिको खोका बरामद भएको नायव उपरीक्षक अधिकारीले जनाए । घटना बारे थप अनुसन्धान अघि बढेको उनले बताए ।