“पोखरा विमानस्थललाई विवादको घेराबाट बाहिर निकालौं, सफल बनाऔं: मेयर आचार्य”

पोखरा, वैशाख ५ –पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन अनुगमनका लागि सार्वजनिक लेखा समितिले गठन गरेको छानविन उपसमितिले निर्माणका क्रममा १४ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकालेको खबरहरू मिडियामार्फत् सार्वजनिक भएको छ । उपसमितिले ११ वटा शीर्षकमा अनियमितता भएको निष्कर्षसहित प्रतिवेदन तयार पारेपनि प्रतिवेदन सार्वजनिक भएको छैन, भने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय […]
पोखरा विमानस्थल निर्माणमा अनियमितता भए छानबिन होस्, तर विकासलाई विवादमा नपारौं : पूर्वमुख्यमन्त्री अधिकारी

पोखरा — गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलजस्तो रणनीतिक र राष्ट्रिय गौरवको आयोजनालाई सधैं विवादमा पार्न नहुने स्पष्ट पारेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले विकास र पारदर्शिता दुबैलाई सन्तुलनमा राख्नुपर्नेमा जोड दिएका हुन्। “विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सबै लागिरहेका छौं, अब आ-आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेल्न आवश्यक छ,” उनले […]
कानूनहरु चाँडै पारित गर्नेगरी काम भइरहेको छः मन्त्री चौरसिया

पाेखरा,कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानूनहरु चाँडै पारित गर्नेगरी काम अगाडी बढेको बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले आगामी दिनमा सम्बन्धित मन्त्रालयको मात्रै विषय समेटेर कानून संशोधनको प्रयास गर्ने बताउनुभएको हो । मन्त्री चौरसियाले सांसद सोविता गौतमले उठाएको विषयमा जवाफ दिँदै आगामी दिनहरूमा सम्बन्धित मन्त्रालयलाई […]
‘जनताले प्रश्न गर्छन्, अब जवाफ दिन काँग्रेस तयार हुनुपर्छ’ – महामन्त्री थापा

पोखरा,नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्नको लागि ‘मिसन रोजगारी’ राष्ट्रिय अभियान सुरु गरिएको बताउनुभएको छ । शुक्रवार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले वैदेशिक रोजगारीमा देखिएका समस्याहरुको समाधान गर्नको लागि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर उक्त […]
फेसबुक अब नेपाली कानुनको घेरामा: मन्त्री गुरुङले दिए कडा सन्देश

पोखरा,सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिवन्ध लाग्नसक्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा सञ्चारिका समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा सञ्चालन भएका फेसबुकलगायत सामाजिक सञ्जालका सञ्चालकहरुले दर्ता गर्ने समयसीमा सकिन लाग्दा समेत दर्ता नगरेको बताउनु भयो । नेपालको संविधान, ऐन तथा कानूनअनुसार तोकिएको समयमा दर्ता […]
निजामति सेवा ऐन बनाउने कुरा राजनीतिक विषय होइनः रक्षामन्त्री राई

रक्षामन्त्री मानवीर राईले नेपाल धेरै पछि परेको कुरा सबैलाई अनुभुति भएको बताउनुभएको छ ।शुक्रवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेसम्म निजामति कर्मचारी सेवा ऐन, विद्यालय शिक्षा ऐन पारित हुन नसक्नुले यो अवस्थालाई चित्रित गरेको उल्लेख गर्नुभयो । उहाँले विधेयकमा केरै कुराहरु मिलिसकेको र विमति रहेका बाँकी कुरामा […]
विपद् बेला राहत अब ढिलो हुँदैन: गण्डकीमा प्रादेशिक आपतकालीन गोदाम सञ्चालनमा

विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने प्रादेशिक आपत्कालीन गोदाम घर नेपाल सरकारले प्रदेशलाई हस्तान्तरण गरेको छ । शुक्रवार एक कार्यक्रमका बिच गृहमन्त्री रमेश लेखकले उक्त गोदाम घर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो । जलवायु परिवर्तनका कारण मानव समुदायमा आउने विपद् र जनधनको क्षति, सामाजिक र आर्थिक पक्षलाई प्रतिकार्य राहत […]
‘अहिलेलाई सरकार होइन, विचारको लडाइँ हो’ — अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिले आफूहरू सरकारमा जाने मनस्थितिमा नरहेको बताउनु भएको छ। बिहिबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले आफूहरू जनतामा जाने, जनताको समस्या बुझ्नेतर्फ केन्द्रित गरेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘तत्काल सरकारमा जाने मनस्थिति छैन। जनतामा जाने, जनताका समस्या बुझ्ने र उहाँहरूका समस्या समाधानमा ध्यान केन्द्रित छ।’ उहाँले अहिले पार्टीका […]
४ हजार ९ सयभन्दा बढीले पाए छुट, म्यानमारको नयाँ वर्षमा आममाफी घोषणा

पोखरा,म्यानमारको राज्य प्रशासन परिषद्ले म्यानमार क्यालेन्डर नयाँ वर्षको पहिलो दिन बिहीवार आममाफी दिँदै ४ हजार ९ सय भन्दा बढी कैदीहरूलाई माफी दिएको छ । परिषद्ले नयाँ वर्षको दिन ४ हजार ८९३ कैदीहरू र १३ विदेशी कैदीहरूलाई आममाफी दिएको हो । परिषद्ले माफी पाएका व्यक्तिहरूमध्ये कसैले पुनः अपराध गरेमा, उनीहरूले नयाँ सजाय र उनीहरूको अघिल्लो सजायको […]
मध्यरातमा आतंक: गाउँपालिका अध्यक्षमाथि कपिलवस्तुमा गोली प्रहार

पोखरा,५ बैशाख २०८२।कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार मध्यरातमा गोली प्रहार भएको छ । राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं. १ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको हो। अध्यक्षलाई लक्षित गरि प्रहार भएको गोली भित्तामा लागेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए । राति […]