एमाले बैठककाे दोस्रो दिन : ओलीको प्रतिवेदनमाथि ११८ केन्द्रीय सदस्यले धारणा राखे

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

एमाले बैठककाे दोस्रो दिन : ओलीको प्रतिवेदनमाथि ११८ केन्द्रीय सदस्यले धारणा राखेनेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिन मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेकाे राजनीतिक प्रतिवेदनमाथि ११८ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका छन्।

छलफललाई व्यवस्थित र प्रभावकारी बनाउन प्रत्येक केन्द्रीय सदस्यका लागि तीन मिनेटको समय निर्धारण गरिएको थियो। सोहीअनुसार आजको बैठकमा ११८ जना केन्द्रीय सदस्यले धारणा राखेका हुन्।

ओलीको अध्यक्षतामा बिहान ९:३० बजेदेखि सुरु भएको बैठकमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए। उनीहरूरूले पार्टीभित्र सिर्जित भ्रम तथा संशयलाई निस्तेज गर्दै पार्टीलाई थप एकताबद्ध बनाउनुपर्नेमा जोड दिए।

नेतृत्वको सम्बोधनपछि सुरु भएको केन्द्रीय सदस्यहरूको छलफलमा सदस्यहरूले पार्टीको संगठन, आगामी कार्यदिशा, समसामयिक राजनीतिक परिस्थिति तथा पार्टीलाई थप प्रभावकारी बनाउने विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।

बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीभित्रको एकता मजबुत बनाउँदै देशभरका कार्यकर्तामा नयाँ ऊर्जा र उत्साह सञ्चार गर्ने तथा संगठनलाई थप सुदृढ बनाउने विषयमा समेत जोड दिएका छन्।

६-असोज-२०८३_page-0001६-असोज-२०८३_page-0002