नवनिर्वाचित सांसदको औसत उमेर ४४ वर्ष

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसदको औसत उमेर घटेको छ । दलहरूले युवा उम्मेदवारलाई प्राथमिकता दिँदा औसत उमेर घटेको हो । निर्वाचित सांसदको औसत उमेर अहिले ४४.९१ वर्ष रहेको छ । यसअघि यस्तो उमेर ५२.१२ वर्ष रहेको थियो । अहिले संसद्मा कम्तीमा २५ वर्षदेखि बढीमा ७१ वर्षसम्ममा सांसद रहेको निर्वाचन आयोगले जनाएको छ । कुन उमेर समूहको […]
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना, विद्युत्गृहमा उपकरण जडान र प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । आयोजना प्रमुख शिवसागर यादवले भौतिक संरचना निर्माण सम्पन्न गरी परीक्षण उत्पादन थालिएको जानकारी दिए । “बाँध, विद्युत्गृह, पाइपलाइन, […]
‘गगन थापाको राजीनामा होइन, नेृतत्व निरन्तरता चाहिएको छ’
नेपाली कांग्रेस ललितपुरबाट निर्वाचित जनप्रतिनिधिहरूले नेपाली कांग्रेसको नेतृत्व गगन थापाले नै निरन्तरता दिनुपर्नेमा हस्ताक्षर अभियान चलाएका छन् । बिहीबार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहित आठजना जनप्रतिनिधिले वर्तमान राजनीतिक अवस्था, कांग्रेसको गर्भिलो इतिहास, समसामयिक राजनीतिमा खेल्नुपर्ने भूमिका, राष्ट्रिय र लोकतन्त्रको संरक्षणका लागि गगन थापाले नै अभिभावकत्व ग्रहण गर्नुपर्ने र उनी मात्रै एक मात्र सक्षम व्यक्ति भएको […]
प्रतिकूल मौसमका कारण रेसुङ्गा विमानस्थलमा उडान प्रभावित

गुल्मीको रेसुङ्गा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण उडान अवरुद्ध भएको छ । फागुनको पहिलो सातादेखि सातामा तीन पटक मात्र उडान गर्दै आएको नेपाल वायुसेवा निगमले पछिल्ला केही दिनयता बाक्लो तुवाँलोका कारण नियमित उडान गर्न नसकेको जनाएको छ । एक सातादेखि लगातार बाक्लो तुवाँलोका कारण वायुसेवा निगमको गत आइतबार र मङ्गलबारको उडान अवरुद्ध बनेको रेसुङ्गा विमानस्थल गुल्मीका […]
रास्वपालाई सुझाव छ– सदनबाट प्रधानमन्त्री, संसदबाहिरबाट मन्त्रीः संविधानमा यसो गर्न सकिन्छ

नयाँ सरकार बन्ने तयारीमा छ। सदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगभग दुई तिहाईको बहुमतको नजिक छ। र, पुग्छ पनि। जनताले चुनावी नतिजा दिएका छन्। अब सरकार बनाउने दायित्व बरिष्ठ नेता बालेन शाहको हातमा रहेको छ। शाह प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार रहेका कारण नै यत्रो जनमत आएको हो, यसमा कोही दुईमत, फरक मत र अल्पमतमा छैनन्। अब […]
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ । पाठकविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । यसअघि पाठकसहितको लगाउमा राखिएको भ्रष्टाचार मुद्दामा न्यायाधीश सुवेदीले एक पटक आदेश जारी गरिसकेकाले हेर्न नमिल्ने सूचीमा राखिएको हो । नेपाल इन्जिनियरिङ कलेजभित्रै […]
स्याङ्जामा नकवजनी चोरीका फरार प्रतिवादी पक्राउ

स्याङ्जा जिल्ला अदालतबाट नकवजनी चोरी मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुतलीबजार नगरपालिका–१४ सतौ बस्ने ३८ वर्षीय नारायण लामिछाने भनिने पूर्ण बहादुर लामिछानेलाई बुधबार जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले नियन्त्रणमा लिएको हो। लामिछानेलाई अदालतले नकवजनी चोरीको कसुरमा २२ दिन कैद र ६ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। […]
ट्याङ्करमा आक्रमणपछि इराकको तेल बन्दरगाह बन्द

इराकले आफ्ना तेल टर्मिनलहरूको सञ्चालन पूर्ण रूपमा बन्द गरेको छ । पर्सियन खाडीमा दुई वटा तेल ट्याङ्करमाथि आक्रमणपछि सो निर्णय गरिएको अधिकारीहरूले बताएका छन् । जनरल कम्पनी फर इराकी पोर्टस्का महानिर्देशक फरहान अल–फर्ताैसीले इराकी समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार तेल टर्मिनलहरू पूर्ण रूपमा बन्द गरिएका छन्, तर देशका व्यावसायिक बन्दरगाहहरू भने अझै सञ्चालनमा छन् । […]
थाइल्यान्डले स्पष्टीकरणका लागि बोलायो इरानी राजदूतलाई

थाइल्यान्डले आफ्नो देशमा रहेका इरानी राजदूतलाई स्पष्टीकरणका लागि बोलाएको छ । बुधबार हर्मुज जलडमरु नजिक अज्ञात प्रक्षेप्यले लागेर थाई बल्क क्यारियर मयुरी नरीमा विस्फोट भएको घटनामा यो कदम चालिएको हो । राजदूतसँग जहाजमाथि भएको आक्रमणबारे सोधपुछ गरिने भन्दै थाइ न्यूज एजेन्सीले समाचार प्रकाशित गरेको छ । सरकारले बिहीबार दिएको जानकारीअनुसार घटनापछि जहाजमा आगलागी हुँदा तीन […]
इरानले बढायो खाडी क्षेत्रका ऊर्जा पूर्वाधारमा आक्रमण
मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र बनाएको भन्दै क्षेत्रभरि चिन्ता बढेको छ । पछिल्ला केही घण्टामा बहराइनमा इन्धन भण्डारण ट्यांकीहरूमा आक्रमण भएको खबर आएको छ । यसअघि बुधबार सलालाह बन्दरगाह सहरमा रहेका इन्धन ट्यांकीहरूमा ड्रोन आक्रमण भएको थियो । त्यही दिन हर्मुज जलडमरु क्षेत्रमा एउटा मालवाहक जहाज पनि निशाना बनाइएको […]