प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसदको औसत उमेर घटेको छ । दलहरूले युवा उम्मेदवारलाई प्राथमिकता दिँदा औसत उमेर घटेको हो ।
निर्वाचित सांसदको औसत उमेर अहिले ४४.९१ वर्ष रहेको छ । यसअघि यस्तो उमेर ५२.१२ वर्ष रहेको थियो । अहिले संसद्मा कम्तीमा २५ वर्षदेखि बढीमा ७१ वर्षसम्ममा सांसद रहेको निर्वाचन आयोगले जनाएको छ ।

- कुन उमेर समूहको कति ?
निर्वाचन आयोगको विवरण अनुसार निर्वाचित सांसदमध्ये जेनजी उमेर समूहका सांसदको सङ्ख्या ५ जना रहँदा ३० वर्षभन्दा कम उमेर समूहको सांसदको सङ्ख्या ८ रहेको छ ।
त्यस्तै, ३० देखि ३९ वर्ष समूहका ४७ जना सांसद छन् । ४० देखि ४९ वर्षसम्म ५७ जना, ५० देखि ५९ वर्ष समूहको ४१ जना, ६० देखि ६९ वर्षका ८ जना र ७० वर्ष वा सोभन्दा माथिल्लो उमेर समूहका ४ जना सांसद रहेका छन् ।
- कुन पार्टीका सांसद बढी युवा
निर्वाचित सांसदको औसत उमेरको आधारमा सबैभन्दा बुढो दल नेपाली कम्युनिस्ट पार्टी देखिएको छ । उक्त पार्टीबाट निर्वाचित ९ जना सांसदको औसत उमेर ५१.५७ वर्ष रहेको छ ।
यो पार्टीबाट निर्वाचितमध्ये ४३ वर्षका युवराज दुलाल सबैभन्दा कम र ७० वर्षका पुष्पकमल दाहाल प्रचण्ड सबैभन्दा धेरै उमेरका छन् । दुलालबाहेक सबैको उमेर १६५ क्षेत्रबाटै निर्वाचित सांसदहरूको भन्दा धेरै रहेको छ ।

सांसदको औसत उमेर भएको दोस्रो दल नेपाली कांग्रेस हो । यो दलबाट निर्वाचित १८ जना सांसदको औसत उमेर ५०.८३ वर्ष छ ।
कांग्रेसबाट सबैभन्दा कान्छा सांसद योगेश गौचन थकाली ३२ वर्षका छन् भने सबैभन्दा धेरै टेकबहादुर गुरुङ ७१ वर्षका छन् । यो दलमा ४० मुनिका ४ जना, ४० देखि ४९ वर्षका ६ जना, ५० देखि ५९ वर्षका ३ जना, ६० देखि ६९ वर्षका ३० जना र ७० वर्षभन्दा माथिका २ जना रहेका छन् ।
त्यस्तै, नेकपा एमालेबाट निर्वाचित सांसदहरूको औसत उमेर ५०.२२ वर्ष रहेको छ । यो पार्टीबाट निर्वाचितमध्ये सबैभन्दा कान्छो उमेर सुहाङ नेम्बाङको ३६ वर्ष उमेर रहेको छ भने लक्ष्मीप्रसाद पोखरेलका ६३ वर्ष रहेको छ ।
एमालेबाट ४० मुनिका २ जना, ४० देखि ४० सम्मका २ जना, ५० देखि ५९ सम्मका ३ जना र ६० माथिका २ जनाको प्रतिनिधित्व रहेको देखिन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको औसत उमेर भने ४३.२७ वर्ष रहेको छ । यो पार्टीबाट निर्वाचितमध्ये सबैभन्दा कम उमेर प्रशान्त उप्रेतीको २५ वर्ष रहेको छ भने सीताराम साहको ६५ वर्ष रहेको छ ।
यसमध्ये जेनजी उमेर समूहका ५ जनासहित ३० वर्ष मुनिका ७ जना, ३० देखि ३९ वर्ष उमेर समूहको ४० जना, ४० देखि ४९ वर्षसम्मको ४३ जना, ५० देखि ५९ सम्मको ३२ जना र ६० जना माथिको ३ जना रहेको छ ।
श्रम संस्कृति पार्टीबाट निर्वाचित सांसदको औसत उमेर ३८.३ वर्ष रहेको छ । उक्त पार्टीबाट निर्वाचितमध्ये अध्यक्ष समेत रहेका हर्क साम्पाङ सबैभन्दा धेरै ४३ वर्ष र सबैभन्दा कम आरेन राई २९ वर्षका रहेका छन् ।
राप्रपाबाट निर्वाचितमध्ये एकमात्र सांसद ज्ञानेन्द्र शाही ३४ वर्ष रहेका छन् । स्वतन्त्र रूपमा निर्वाचित एकमात्र सांसद महावीर पुन ७१ वर्षका रहेका छन् ।
यस्तो छ उमेर अनुसार सांसदको नाम
- २५ वर्ष: प्रशान्त उप्रेती (मकवानपुर–२, रास्वपा)
- २६ वर्ष: मनिष खनाल (नवलपुर–२, रास्वपा), केपी खनाल (कैलाली–२, रास्वपा)
- २८ वर्ष: बब्लु गुप्ता (सिरहा–१, रास्वपा), सुलभ खरेल (रुपन्देही–२, रास्वपा)
- २९ वर्ष: आरेन राई (खोटाङ, श्रम संस्कृति), निशा डाँगी (झापा–१, रास्वपा), सस्मित पोखरेल (काठमाडौँ–५, रास्वपा)
- ३० वर्ष: रामजी यादव (सप्तरी–२, रास्वपा), शिव शंकर यादव (सिरहा–२, रास्वपा), रन्जु न्यौपाने (काठमाडौँ–१, रास्वपा), सोविता गौतम (चितवन–३, रास्वपा)
- ३१ वर्ष: रुबिना आचार्य (मोरङ–६, रास्वपा), सुशान्त वैदिक (प्युठान, रास्वपा)
- ३२ वर्ष: योगेश गौचन थकाली (मुस्ताङ, कांग्रेस)
- ३३ वर्ष: तपेश्वर यादव (सिरहा–४, रास्वपा), उज्ज्वल कुमार झा (महोत्तरी–३, रास्वपा), बदन कुमार भण्डारी (काभ्रेपलाञ्चोक–२, रास्वपा), झवि लाल डुम्रे (स्याङ्जा–२, रास्वपा)
- ३४ वर्ष: ज्ञान बहादुर शाही (जुम्ला, राप्रपा), सन्तोष राजवंशी (मोरङ–४, रास्वपा), दिपक कुमार साह (महोत्तरी–२, रास्वपा), सोम शर्मा (बागलुङ–२, रास्वपा), सागर ढकाल (गुल्मी–१, रास्वपा)
- ३५ वर्ष: निखिल राई (इलाम–१, कांग्रेस), सुनिल लम्साल (रुपन्देही–१, रास्वपा), खगेन्द्र सुनार (बाँके–३, रास्वपा)
- ३६ वर्ष: सुहाङ नेम्बाङ (इलाम–२, एमाले), वालेन्द्र शाह (झापा–५, रास्वपा), पुष्पा कुमारी चौधरी (सप्तरी–१, रास्वपा), सुशील कुमार कानु (पर्सा–२, रास्वपा), जगदीश खरेल (दोलखा, रास्वपा), तोसीमा कार्की (ललितपुर–३, रास्वपा), कन्हैया बानिया (रुपन्देही–४, रास्वपा)
- ३७ वर्ष: प्रकाश पाठक (झापा–३, रास्वपा), आसिका तामाङ (धादिङ–१, रास्वपा), प्रकाश गौतम (मकवानपुर–१, रास्वपा), हरि प्रसाद भुसाल (अर्घाखाँची, रास्वपा)
- ३८ वर्ष: क्षितिज थेबे (ताप्लेजुङ, एमाले), सन्दीप राना (पाल्पा–१, कांग्रेस), रबिन महतो (सर्लाही–२, रास्वपा), धनेन्द्र कार्की (सिन्धुली–१, रास्वपा), पुकार बम (काठमाडौँ–४, रास्वपा), सुधन गुरुङ (गोरखा–१, रास्वपा), तौफिक अहमद खान (रुपन्देही–५, रास्वपा), कमल सुबेदी (दाङ–३, रास्वपा), दिपक राज बोहरा (कञ्चनपुर–२, रास्वपा)
- ३९ वर्ष: मो. फिरदोश आलम (रौतहट–२, कांग्रेस), लाल बिक्रम थापा (सुनसरी–२, रास्वपा), रहवर अन्सारी (बारा–४, रास्वपा), राजीव खत्री (भक्तपुर–२, रास्वपा), राजन गौतम (नवलपुर–१, रास्वपा), सुशील खड्का (बागलुङ–१, रास्वपा), विपिन कुमार आचार्य (दाङ–२, रास्वपा), जगत प्रसाद जोशी (कैलाली–३, रास्वपा)
- ४० वर्ष: खडक बहादुर बुढा (जाजरकोट, कांग्रेस), कृष्ण कुमार कार्की (मोरङ–२, रास्वपा), गणेश कार्की (मोरङ–३, रास्वपा), पारसमणि गेलाल (उदयपुर–१, रास्वपा), प्रमोद कुमार महतो (महोत्तरी–१, रास्वपा), ज्ञानेन्द्र सिंह महता (कञ्चनपुर–३, रास्वपा)
- ४१ वर्ष: ऐन बहादुर महर (बझाङ, एमाले), यज्ञमणि न्यौपाने (मोरङ–१, रास्वपा), सुर्य बहादुर तामाङ्ग (उदयपुर–१, रास्वपा), शम्भु कुमार यादव (सिरहा–३, रास्वपा), अरविन्द साह (बारा–३, रास्वपा)
- ४२ वर्ष: आशा झा (मोरङ–५, रास्वपा), अशोक कुमार चौधरी (सुनसरी–३, रास्वपा), चन्दन कुमार सिंह (बारा–२, रास्वपा), हरि ढकाल (चितवन–१, रास्वपा)
- ४३ वर्ष: अभिषेक प्रताप शाह (कपिलवस्तु–३, कांग्रेस), युवराज दुलाल (सिन्धुपाल्चोक–२, नेकपा), नितिमा भण्डारी (कार्की) (सर्लाही–१, रास्वपा), गणेश पौडेल (रौतहट–४, रास्वपा), गणेश धिमाल (बारा–१, रास्वपा), जगदीश खरेल (ललितपुर–२, रास्वपा), सुनिल के.सी. (काठमाडौँ–२, रास्वपा), विक्रम तिमिल्सिना (नुवाकोट–१, रास्वपा), उत्तम प्रसाद पौडेल (कास्की–२, रास्वपा), हर्क राज राई (सुनसरी–१, श्रम संस्कृति), ध्रुवराज राई (भोजपुर, श्रम संस्कृति)
- ४४ वर्ष: अमर कान्त चौधरी (सप्तरी–३, रास्वपा), आशिष गजुरेल (सिन्धुली–२, रास्वपा), कृष्ण हरि बुढाथोकी (रामेछाप, रास्वपा), विराज भक्त श्रेष्ठ (काठमाडौँ–८, रास्वपा), सागर भुसाल (पर्वत, रास्वपा)
- ४५ वर्ष: बासना थापा (दैलेख–१, कांग्रेस), मनिष झा (धनुषा–३, रास्वपा), धर्म राज के.सी. (लमजुङ, रास्वपा), माधव बहादुर थापा (पाल्पा–२, रास्वपा)
- ४६ वर्ष: मोहम्मद इश्तियाक राई (बाँके–२, एमाले), बुद्धि प्रसाद पन्त (पर्सा–१, रास्वपा), रुकेश रन्जित (भक्तपुर–१, रास्वपा), गणेश पराजुली (काठमाडौँ–७, रास्वपा), कविन्द्र बुर्लाकोटी (गोरखा–२, रास्वपा), खडक राज पौडेल (कास्की–१, रास्वपा), रमेश कुमार सापकोटा (सुर्खेत–२, रास्वपा)
- ४७ वर्ष: जय पती रोकाया (हुम्ला, कांग्रेस), रमेश कुमार मल्ल (सल्यान, नेकपा), बुद्ध रत्न महर्जन (ललितपुर–१, रास्वपा), शिशिर खनाल (काठमाडौँ–६, रास्वपा), कोमल ज्ञवाली (कैलाली–१, रास्वपा)
- ४८ वर्ष: सन्तोष सुब्बा (तेह्रथुम, कांग्रेस), मोहन आचार्य (रसुवा, कांग्रेस), गोपाल शर्मा (रुकुम पश्चिम, नेकपा), रविन्द्र पटेल (रौतहट–३, रास्वपा), अच्युतम लामिछाने (नुवाकोट–२, रास्वपा), डा. लेखजंग थापा (रुपन्देही–३, रास्वपा), खेम राज कोईराला (कैलाली–४, रास्वपा)
- ४९ वर्ष: महेन्द्र बहादुर शाही (कालिकोट, नेकपा), दीपक कुमार साह (सुनसरी–४, रास्वपा), राम विनोद यादव (धनुषा–२, रास्वपा)
- ५० वर्ष: यज्ञ बहादुर बोगटी (अछाम–२, एमाले), शम्भु प्रसाद ढकाल (झापा–४, रास्वपा), टेक बहादुर शाक्य (पर्सा–४, रास्वपा), रवि लामिछाने (चितवन–२, रास्वपा), धनन्जय रेग्मी (स्याङ्जा–१, रास्वपा), आनन्द बहादुर चन्द (कैलाली–५, रास्वपा)
- ५१ वर्ष: धन बहादुर बुढा (डोल्पा, नेकपा), राज किशोर महतो (धनुषा–४, रास्वपा), डोल प्रसाद अर्याल (काठमाडौँ–९, रास्वपा), प्रदिप विष्ट (काठमाडौँ–१०, रास्वपा), स्वर्णिम वाग्ले (तनहुँ–१, रास्वपा), नरेन्द्र कुमार गुप्ता (परासी–२, रास्वपा), गोविन्द पन्थी (गुल्मी–२, रास्वपा), ठाकुर सिंह थारु (बर्दिया–१, रास्वपा)
- ५२ वर्ष: मातृका प्रसाद यादव (धनुषा–१, नेकपा)
- ५३ वर्ष: नरेन्द्र कुमार केरुङ (पाँचथर, कांग्रेस), नरेन्द्र साह कलवार (सर्लाही–३, रास्वपा), बिना गुरुङ (कास्की–३, रास्वपा), मोहन लाल आचार्य (कपिलवस्तु–१, रास्वपा), श्रीधर पोख्रेल (बर्दिया–२, रास्वपा)
- ५४ वर्ष: वर्षमान पुन (रोल्पा, नेकपा), गौरी कुमारी (महोत्तरी–४, रास्वपा), राजेश कुमार चौधरी (रौतहट–१, रास्वपा), तारा प्रसाद जोशी (डडेल्धुरा, रास्वपा)
- ५५ वर्ष: इन्दिरा राना मगर (झापा–२, रास्वपा), अमरेश कुमार सिंह (सर्लाही–४, रास्वपा), राजु नाथ पाण्डे (काठमाडौँ–३, रास्वपा), विक्रम खनाल (परासी–१, रास्वपा), जनक सिंह धामी (कञ्चनपुर–१, रास्वपा)
- ५६ वर्ष: मधु कुमार चौलागाई (काभ्रेपलाञ्चोक–१, रास्वपा), वोध नारायण श्रेष्ठ (धादिङ–२, रास्वपा), श्रीराम न्यौपाने (तनहुँ–२, रास्वपा), सुरेश कुमार चौधरी (बाँके–१, रास्वपा)
- ५७ वर्ष: गणेश सिंह ठगुन्ना (दार्चुला, एमाले), रामाकान्त प्रसाद चौरसीया (पर्सा–३, रास्वपा), भरत प्रसाद पराजुली (सिन्धुपाल्चोक–१, रास्वपा)
- ५८ वर्ष: विष्णु बहादुर खड्का (सुर्खेत–१, कांग्रेस), खड्ग शाही (मुगु, कांग्रेस)
- ५९ वर्ष: राजेन्द्र कुमार राई (धनकुटा, एमाले), विश्वराज पोखरेल (ओखलढुंगा, रास्वपा), हरि मोहन भण्डारी (बैतडी, रास्वपा)
- ६० वर्ष: जनक राज गिरी (बाजुरा, कांग्रेस), देवराज पाठक (दाङ–१, रास्वपा)
- ६२ वर्ष: अर्जुन कुमार कार्की (संखुवासभा, एमाले), प्रकाश सिंह कार्की (सोलुखुम्बु, कांग्रेस)
- ६३ वर्ष: लक्ष्मी प्रसाद पोखरेल (दैलेख–२, एमाले), विक्रम थापा (कपिलवस्तु–२, रास्वपा)
- ६५ वर्ष: सिताराम साह (सप्तरी–४, रास्वपा)
- ६८ वर्ष: भरत बहादुर खड्का (डोटी, कांग्रेस)
- ७० वर्ष: भरत कुमार स्वार (अछाम–१, कांग्रेस), पुष्प कमल दाहाल प्रचण्ड (रुकुम पूर्व, नेकपा)
- ७१ वर्ष: टेक बहादुर गुरुङ (मनाङ, कांग्रेस), महावीर पुन (म्याग्दी, स्वतन्त्र)