नेपाली कांग्रेस ललितपुरबाट निर्वाचित जनप्रतिनिधिहरूले नेपाली कांग्रेसको नेतृत्व गगन थापाले नै निरन्तरता दिनुपर्नेमा हस्ताक्षर अभियान चलाएका छन् ।
बिहीबार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहित आठजना जनप्रतिनिधिले वर्तमान राजनीतिक अवस्था, कांग्रेसको गर्भिलो इतिहास, समसामयिक राजनीतिमा खेल्नुपर्ने भूमिका, राष्ट्रिय र लोकतन्त्रको संरक्षणका लागि गगन थापाले नै अभिभावकत्व ग्रहण गर्नुपर्ने र उनी मात्रै एक मात्र सक्षम व्यक्ति भएको उनीहरूको ठम्याइ छ ।
