स्याङ्जामा नकवजनी चोरीका फरार प्रतिवादी पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

स्याङ्जा जिल्ला अदालतबाट नकवजनी चोरी मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुतलीबजार नगरपालिका–१४ सतौ बस्ने ३८ वर्षीय नारायण लामिछाने भनिने पूर्ण बहादुर लामिछानेलाई बुधबार जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले नियन्त्रणमा लिएको हो।

लामिछानेलाई अदालतले नकवजनी चोरीको कसुरमा २२ दिन कैद र ६ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फैसलापछि सजाय भुक्तान नगरी फरार रहँदै आएका उनलाई प्रहरीले खोजी गर्ने क्रममा पुतलीबजार नगरपालिका–१ स्थित प्रगतिनगरबाट फेला पारेको हो।

पक्राउ परेका लामिछानेलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएको प्रहरीले जनाएको छ।