देशभर प्रतिनिधिसभा निर्वाचनको मनोनयनमा चहलपहल, साढे ४ बजेसम्म २,०१७ उम्मेदवार दर्ता

काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन देशभर तीव्र रूपमा जारी छ। मंगलबार दिउँसो साढे ४ बजेसम्म १६५ वटै निर्वाचन क्षेत्रबाट कुल २ हजार १७ जनाले आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन्। विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ। निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म मनोनयन दर्ताको समयसीमा तोकेको छ। आयोगका सह–प्रवक्ता कुलबहादुर जिसीका […]

काँग्रेस महामन्त्री पौडेलले दर्ता गरे काठमाडौँ-५ बाट उम्मेदवारी

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौँको क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन्। पौडेल यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। यो क्षेत्रमा यसअघिकै प्रतिद्वन्द्वी नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलसँग उनको प्रतिस्पर्धा हुनेछ।

रवि लामिछानेले गरे वारेसमार्फत चितवन–२ मा उम्मेदवारी दर्ता

फाइल तस्बिर चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नं.२ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । सहकारीसम्बन्धी मुद्दाका सिलसिलामा वीरगञ्ज पुगेका लामिछाने समयमै उपस्थित हुन नसक्ने भएपछि वारेसमार्फत उम्मेदवारी दर्ता गरिएको रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुषालले जानकारी दिए । उनका अनुसार लामिछानेले रास्वपा भरतपुर महानगर सभापति सिता ज्ञवालीलाई वारेस दिएका […]

धनुषा- ३ बाट जुलीकुमारी महतोकाे उम्मेदवारी दर्ता

जनकपुर । धनुषा निर्वाचन क्षेत्र नम्बर ३मा नेकपा एमालेबाट जुलीकुमारी महतोले उम्मेदवारी दर्ता गराउनु भएको छ । एमालेका नेता कार्यकर्ताका साथै बाजागाजा सहित पुगेकी महतोले धनुषा ३बाट उम्मेदवारी दर्ता गराउनु भएको हो । एमालेले मुलुक भरी चलाएको समृद्धि तथा विकासको अभियान पूरा गर्न बाँकी रहेकैले आफूहरु चुनावमा होमिएको उम्मेदवारी दर्तापछि महतोले बताउनुभयो । उहाँले समृद्ध […]

रेशम चौधरीद्वारा कैलाली- १ बाट उमेदवारी दर्ता

काठमाडौं । रेशमलाल चौधरीले कैलाली क्षेत्र नम्बर- १ बाट उमेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चौधरीले उमेदवारी दर्ता गराएका हुन् । निर्वाचन आयोगले मंगलबार उमेदवार मनोनयन दर्ता गर्ने समय तोकेको छ । जसअनुसार आज मुलुकभर उमेदावरी दर्ता भइरहेको छ ।

काठमाडौँ– ४ बाट ८७ वर्षीय आचार्यले गराए उम्मेदवारी दर्ता

 काठमाडौँ क्षेत्र नम्बर ४ मा ८७ वर्षीय मानदेव आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय चपली पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । आज आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता कार्यक्रम छ ।

कञ्चनपुर-३ मा रमेश लेखकले पाएनन् टिकट, हरि बोहरालाई काँग्रेसले बनायो उम्मेदवार

काठमाडौँ । नेपाली काँग्रेसले कञ्चनपुर-३ मा हरि बोहरालाई अघि सारेको छ । यहाँबाट ७९ मा पूर्वगृहमन्त्रीसमेत रहेका रमेश लेखकले जितेका थिए । उनले अहिले टिकट पाएनन् । उम्मेदवार बनाइएका बोहरा पूर्व जिल्ला सभापति हुन् ।

रास्वपाका वरिष्ठ नेता बालेनले झापा-५ बाट गरे उम्मेदवारी दर्ता

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेनले प्रतिनिधिसभा निर्वाचनका लागि झापा -५ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले मंगलबार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनुभएको हो । यसअघि जनकपुरमा पार्टी सभापति रवि लामिछानेबाट टिकट लिनुभएका शाहले उम्मेदवारी दर्तापछि कार्यकर्तालाई सम्बोधन गर्दै परिवर्तनको एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएको बताउनुभयो । […]

सुनचाँदीको मूल्य आज पनि हालसम्मकै उच्च बिन्दुमा

काठमाडाैं। नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ। लगातार बढिरहेको सुनको मूल्य मंगलबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि सोमबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। साेही दिन सुन प्रतितोला २ लाख ८२ हजार रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रूपैयाँ पुगेको […]