रास्वपाका वरिष्ठ नेता बालेनले झापा-५ बाट गरे उम्मेदवारी दर्ता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेनले प्रतिनिधिसभा निर्वाचनका लागि झापा -५ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उहाँले मंगलबार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनुभएको हो । यसअघि जनकपुरमा पार्टी सभापति रवि लामिछानेबाट टिकट लिनुभएका शाहले उम्मेदवारी दर्तापछि कार्यकर्तालाई सम्बोधन गर्दै परिवर्तनको एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएको बताउनुभयो । झापा–५ लाई राष्ट्रिय राजनीतिको चर्चाको केन्द्र बनाएको यो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शाहको प्रत्यक्ष भीडन्त हुने निश्चित भएको छ । ओलीले पनि यसै क्षेत्रबाट उम्मेदवारी दर्ता गराउनुहुने भएकाे हाे । दुवै नेताले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रश्तुत गर्नुभएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्र सर्वाधिक रोचक प्रतिष्पर्धाको केन्द्र बनेको हाे ।