
काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन देशभर तीव्र रूपमा जारी छ। मंगलबार दिउँसो साढे ४ बजेसम्म १६५ वटै निर्वाचन क्षेत्रबाट कुल २ हजार १७ जनाले आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन्।
विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ। निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म मनोनयन दर्ताको समयसीमा तोकेको छ।
आयोगका सह–प्रवक्ता कुलबहादुर जिसीका अनुसार देशभर उत्साहजनक सहभागितासहित मनोनयन प्रक्रिया अघि बढिरहेको छ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज देशैभर दलहरूले आफ्ना उम्मेदवार मैदानमा उतारिरहेका छन्।
मनोनयन दर्तासँगै उम्मेदवारहरूबाट सम्पत्ति विवरण र स्वघोषणा फाराम समेत अनिवार्य रूपमा संकलन गरिएको निर्वाचन आयोगले जनाएको छ।