‘सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान’ निर्वाचन आयुक्त जबरालाई

काठमाडौं । “सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान” बाट निर्वाचन आयुक्त सगुनप्रसाद ज.ब.रा. सम्माानित हुनुभएको छ । भुतपूर्व सैनिकहरूको योगदानको कदर गर्दै नेपाली सेनाले हरेक वर्ष पूर्वसैनिकहरु मध्येबाट एक जनालाई सर्वोत्कृष्ट सैनिक सम्मान प्रदान गर्दे आएको छ । उहाँलाई घोडेजात्राको अवसरमा बुधवार आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले सम्मान गर्नुभएको हो । जबराले ३० वर्ष नेपाली सेनामा योगदान […]

भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिइने

काठमाडौँ- निर्वाचन आयोगले भोलि समानुपातिक सांसदहरूलाई प्रमाण पत्र दिने भएको छ। आयोगका अनुसार समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूले बिहीबार बिहान साढे ११ बजे निर्वाचित भएको प्रमाण पत्र ग्रहण गर्ने कार्यक्रम तय भएको छ। उक्त कार्यक्रम आयोगको प्रांङगण कान्तिपथमा हुनेछ। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन भएको थियो। समानुपातिकतर्फ ११० जना निर्वाचित भएका छन्। प्रत्यक्षतर्फ १६५ जना निर्वाचित […]

नवनिर्वाचित सांसदहरूको शपथका लागि अस्थायी हल निर्माण अन्तिम चरणमा

काठमाडौँ- नवनिर्वाचित सांसदहरूको शपथग्रहण कार्यक्रमका लागि अस्थायी हल निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ। संघीय संसद् सचिवालयका अनुसार शपथ कार्यक्रम चैत्र १२ गते आयोजना गर्ने तयारी भइरहेको छ। सिंहदरवारभित्र निर्माणाधीन नयाँ संसद् भवन अझै पूर्ण रूपमा तयार नभएकाले कार्यक्रम सञ्चालनका लागि अस्थायी हल निर्माण गरिएको हो। हाल हलमा माइक, बत्ती र अन्य आवश्यक व्यवस्था गर्नको […]

अनुदानमा विद्युतीय चुलो वितरण, उपभोक्तालाई ठूलो राहत

केशव कोइराला, बर्दिया । बर्दियाको राजापुर नगरपालिकाले अनुदानमा विद्युतिय चुलो वितरण सुरु गर्दै उपभोक्तालाई राहत दिएको छ। ३ हजार ७ सय ६७ रुपैयाँ ४२ पैसा लागत पर्ने चुलो उपभोक्ताले मात्र ८ सय ६५ रुपैयाँमा प्राप्त गरेका छन्। नगरपालिकाले एक औपचारिक कार्यक्रमबीच यसअघि माग फारम भरेका उपभोक्तालाई चुलो हस्तान्तरण गरेको जनाएको छ। पछिल्लो समय देखिएको ग्यास […]

सुत्केरी महिलालाई हेलिकप्टरमार्फत सुर्खेत रिफर

सुर्खेत । बाजुरकाे बडिमालिका नगरपालिकाकी वडा न १ कि २१ वर्षीया सुत्केरी सरिता रोकायालाई थप उपचारका लागि सुर्खेत ल्याइएको छ। मंगलबार राति सुत्केरी भएपछि अत्यधिक रक्तस्राव भएकोले उनको स्वास्थ्य अवस्था जटिल बनेपछि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिएका छन्। अवस्था गम्भीर बन्दै गएपछि चिकित्सकको सल्लाहअनुसार उनलाई हेलिकप्टरमार्फत उद्धार […]

अष्ट्रेलिया–युरोप व्यापार वार्ता: समझदारी नजिक

काठमाडौँ- युरोपेली संघकी प्रमुख उर्सुला भोन देर लेयेन आगामी हप्ता अष्ट्रेलिया भ्रमण गर्न लागेकी छिन्, जसले लामो समयदेखि जारी वार्तापछि स्वतन्त्र व्यापार सम्झौता सम्पन्न हुने आशा बढाएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानेजले मार्च २४ मा क्यानबेरामा उनीसँग औपचारिक भेट गर्ने निश्चित भएको जानकारी दिएका छन्। भ्रमणको क्रममा भोन देर लेयेनसँग व्यापार आयुक्त पनि सहभागी हुनेछन् […]

कर्णालीका सामाजिक विकासमन्त्रीकाे निर्देशन- नतिजा सुधारभन्दा गुणस्तरमा ध्यान दिनुस्

कर्णाली- कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजाको सुधारभन्दा पनि गुणस्तरीयतामा ध्यान दिन सुझाव दिएका छन् । शिक्षा विकास निर्देशनालय सुर्खेतद्वारा आयोजित एसइई व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले केवल नतिजाले मात्र शिक्षाको गुणस्तर मापन नहुने भएकाले गुणस्तरीयता प्रमुख आधार भएको जिकिर गरे । यसका लागि विद्यालय शिक्षा सुधारका लागि सबै तहले […]

निर्यात बढ्दा जापान अधिशेषमा फर्कियो

टोकियो- कमजोर आन्तरिक तथा चिनियाँ मागबीच पनि निर्यातमा सुधार आउँदा जापानको व्यापार स्थिति फेब्रुअरीमा उल्लेखनीय रूपमा उल्टिएको छ । सरकारी तथ्यांकअनुसार एक महिनाअघि घाटामा रहेको जापानले फेब्रुअरीमा ५७ अर्ब ३० करोड येन (करिब ३६ करोड डलर) को व्यापार अधिशेष हासिल गरेको छ । वित्त मन्त्रालयले सार्वजनिक गरेको मौसमी रूपमा समायोजित प्रारम्भिक तथ्यांकले निर्यात ४.२ प्रतिशतले बढेर […]

ओलीलाई समवेदना दिन गुन्डु पुगे रास्वपाका उपसभापति डोल प्रसाद अर्याल

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नम्बर ९ का निर्वाचित प्रतिनिधि सभा सदस्य डोल प्रसाद अर्याल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भक्तपुरस्थित गुण्डु निवास पुगेका छन्। उपसभापति अर्यालले पितृ शोकमा रहेका ओली परिवारप्रति समवेदना व्यक्त गर्दै दिवंगत मोहन प्रसाद ओलीको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। सो अवसरमा उनले […]

रमजान अवसरमा २ सय परिवारलाई खाद्यान्न वितरण

काठमाडाैं । मुस्लिम धर्मालम्वीहरुको पर्व रमजान महिनाको अवसरमा एकल महिला तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । नेपाल भारत मिल्लत परिषद् केन्द्र र युएई एडको सहयोगमा बुधवार काठमाडौको मैतीदेवीमा खाद्यान्न वितरण गरिएको हो । मुस्लिमहरुको एक महिने रमजान महिनाको अवसरमा एक महिनालाई नै पुग्नेगरि खाद्यान्न वितरण गरेको मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिनुभयो […]