ड्युटीमै रहेकी प्रहरीलाई कुटपिट गर्नेमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौंको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी प्रहरी जवानलाई कुटपिट गर्ने युवकविरुद्ध प्रहरीले दुई वटा कसुरमा अनुसन्धान थालेको छ ।

जुम्ला घर भएर काठमाडौँ–३१ बस्दै आएका २७ वर्षीय राज कठायतविरुद्ध प्रहरीले राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने र अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान सुरु गरेको हो ।

आरोपीविरुद्ध दुई वटा कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दान बहादुर थापाले रातोपाटीलाई बताए ।

मंगलबार बानेश्वरस्थित पुरानो संसद् भवन नजिकै आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा ती युवकले महिला प्रहरीलाई आक्रमण गरेका हुन् । कठायतको आक्रमणबाट सामुदायिक प्रहरी सेवा केन्द्र, नयाँ बानेश्वरमा कार्यरत प्रहरी घाइते भएकी छन् ।

आक्रमणकारी युवक काठमाडौंमा जडीबुटी बेच्ने काम गर्दै आएको खुलेको छ । उनको पृष्ठभूमि र घटनाबारे थप अनुसन्धान भइरहेको एसपी थापाले जानकारी दिए ।