सङ्घीय संसद्, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल कम्बोडियाको राजधानी न्होम पेन्ह मा आयोजना हुने ‘दोस्रो अन्तर-संसदीय सभामुख सम्मेलन’ मा सहभागी हुन मंगलबार राति त्यसतर्फ प्रस्थान गर्दै छन् ।
सङ्घीय संसद् सचिवालयका अनुसार अध्यक्ष दाहाल राति १०:४५ बजे मलेसिया एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट प्रस्थान गर्नेछन्। उनी मलेसियाको क्वालालम्पुर हुँदै भोलि (अगस्ट २६) बिहान न्होम पेन्ह पुग्ने तालिका रहेको छ। उनको भ्रमण टोलीमा सङ्घीय संसद् सचिवालयका उपसचिव भानु पोख्रेल पनि छन्।
काठमाडौँ। सङ्घीय संसद्, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल कम्बोडियाको राजधानी न्होम पेन्ह मा आयोजना हुने ‘दोस्रो अन्तर-संसदीय सभामुख सम्मेलन’ मा सहभागी हुन मंगलबार राति त्यसतर्फ प्रस्थान गर्दै छन् ।
सङ्घीय संसद् सचिवालयका अनुसार अध्यक्ष दाहाल राति १०:४५ बजे मलेसिया एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट प्रस्थान गर्नेछन्। उनी मलेसियाको क्वालालम्पुर हुँदै भोलि (अगस्ट २६) बिहान न्होम पेन्ह पुग्ने तालिका रहेको छ। उनको भ्रमण टोलीमा सङ्घीय संसद् सचिवालयका उपसचिव भानु पोख्रेल पनि छन्।
यही भदौ १० देखि १२ गते (अगस्ट २६ देखि २८) सम्म कम्बोडियाको जीडीटी कन्भेन्सन सेन्टरमा हुने उक्त सम्मेलनमा अध्यक्ष दाहालले “शान्ति र साझा समृद्धिका लागि ऐक्यबद्धता : अन्तर्राष्ट्रिय कानुनको सुदृढीकरण तथा द्वन्द्वको शान्तिपूर्ण समाधान” विषयक छलफलमा सम्बोधन गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा अध्यक्ष दाहालले सम्मेलनमा सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलका नेतृत्वहरूसँग शिष्टाचार भेटघाट समेत गर्ने सचिवालयले प्रेस विज्ञप्ति मार्फत जनाएको छ।
सम्मेलन समापन गरी अध्यक्ष दाहाल मलेसिया एयरलाइन्सकै उडानबाट क्वालालम्पुर हुँदै आगामी भदौ १४ गते (अगस्ट ३०) आइतबार राति ९:४५ बजे काठमाडौँ फर्कनेछन्।