विनाशकारी बाढीपछि सात पश्चिमी राष्ट्रको संयुक्त वक्तव्य, ‘नेपाली जनताको दुःखमा साथमा छौँ’

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपालस्थित अस्ट्रेलिया, युरोपेली युनियन, फिनल्यान्ड, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड र बेलायतका दूतावासहरूले संयुक्त वक्तव्य जारी गर्दै रसुवा तथा नुवाकोट जिल्ला र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

संयुक्त विज्ञप्ति प्रकाशित गर्दै ती कूटनीतिक नियोगहरूले विपद्‌बाट प्रभावित सम्पूर्ण नागरिकप्रति सहानुभूति प्रकट गरेका छन्। कठिन परिस्थितिमा नेपाली जनतासँग आफ्नो पूर्ण ऐक्यबद्धता रहेको नियोगहरूले जनाएका छन्।परिस्थिति अझै विकसित भइरहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई स्थानीय अधिकारीहरूले जारी गरेका मार्गदर्शन र आधिकारिक सुरक्षा एड्भाइजरी पालना गर्न नियोगहरूले अनुरोध गरेका छन्।