नेपालको बाढी र जनधनको क्षतिप्रति भारतीय नेताहरूद्वारा दुःख व्यक्त

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपालमा आज आएको विनाशकारी बाढीले पुर्‍याएको अपूरणीय क्षतिप्रति छिमेकी मुलुक भारतका प्रमुख नेताहरूले गहिरो दुःख र चिन्ता व्यक्त गरेका छन् ।

भारतीय राष्ट्रिय कांग्रेसका नेता एवं लोकसभाका विपक्षी दलका नेता राहुल गान्धी र भाजपाका अध्यक्ष नितिन नविनले संकटको यस घडीमा भारत नेपालको साथमा रहेको बताएका छन्

काठमाडौँ । नेपालमा आज आएको विनाशकारी बाढीले पुर्‍याएको अपूरणीय क्षतिप्रति छिमेकी मुलुक भारतका प्रमुख नेताहरूले गहिरो दुःख र चिन्ता व्यक्त गरेका छन् ।

भारतीय राष्ट्रिय कांग्रेसका नेता एवं लोकसभाका विपक्षी दलका नेता राहुल गान्धी र भाजपाका अध्यक्ष नितिन नविनले संकटको यस घडीमा भारत नेपालको साथमा रहेको बताएका छन् ।

भारतीय कांग्रेस नेता राहुल गान्धीले नेपालमा आएको आकस्मिक बाढी र यसमा परेर भारतीय तीर्थयात्रीसहित सयौँ मानिसहरू बेपत्ता भएको खबरले आफू स्तब्ध भएको फेसबुकमार्फत दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै उनले लेखेका छन्, ‘म भारत सरकारलाई नेपाली अधिकारीहरूसँग निकट समन्वय गरी हराइरहेका भारतीय नागरिकहरूको खोजी गर्न र उनीहरूको सुरक्षित फिर्ती सुनिश्चित गर्न सम्भव भएसम्मका सबै प्रयास गर्न आग्रह गर्दछु ।’

गान्धीले विपद्को यस कठिन समयमा आफू र आफ्नो पार्टी नेपालका जनताको साथमा रहेको र प्रभावित सबैप्रति सहानुभूति प्रकट गर्ने उल्लेख गरेका छन् ।

त्यस्तै भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले पनि नेपालमा आएको भीषण बाढीका कारण भएको विनाशलाई अत्यन्तै दुःखद र पीडादायी बताएका छन् । ‘आदरणीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले नेपालका माननीय प्रधानमन्त्रीज्यूसँग कुराकानी गरी यस संकटको घडीमा आवश्यक पर्ने सबै प्रकारको मानवीय सहयोग उपलब्ध गराउन भारत सरकार पूर्ण रूपमा तयार रहेको विश्वास दिलाउनुभएको छ । नेपाल एक्लो छैन, यो दुःखको घडीमा भारत नेपालसँगै उभिएको छ,’ उनले पनि फेसबुकमा लेखेका छन् ।