अमेरिकामा दिपावली पर्वलाई विशेष सांस्कृतिक उत्सवको मान्यता

नेपालीहरूको दोस्रो ठूलो पर्व दिपावलीलाई अमेरिकाको टेक्सस राज्यस्थित फोर्ट वर्थ सिटीले विशेष मान्यता प्रदान गरेको छ। फोर्ट वर्थ सिटी काउन्सिलको मङ्गलबार बसेको नियमित बैठकले दिपावली पर्वलाई सिटीको विशेष सांस्कृतिक उत्सवका रूपमा मान्यता प्रदान गरेको जनाइएको छ। सिटीले मान्यता प्रदान गरेसँगै अबदेखि हरेक वर्ष दिपावली पर्वलाई फोर्ट वर्थ सिटीको आधिकारिक सांस्कृतिक उत्सवका रूपमा मनाइने भएको सिटी […]
आइसल्यान्डमा पहिलो पटक देखियो लामखुट्टे

लगभग वर्षभरि हिउँले ढाकिएको आइसल्यान्डमा पहिलो पटक लामखुट्टे फेला परेका छन्। यस वर्ष वसन्त ऋतुमा त्यहाँ रेकर्ड कायम गर्ने गरी गर्मी बढेको थियो। स्थानीय मिडियाका रिपोर्टअनुसार, अनुसन्धाता ब्योर्न ह्याल्टेसनले गत सातामा लगातार केही रातसम्म रक्सीमा भिजेका डोरीहरू प्रयोग गरेर पातपतिङरहरूको अवलोकन गरिरहेका बेला लामखुट्टे देखेका हुन् । बीबीसीका अनुसार, ह्याल्टेसनले दुई वटा पोथी र एउटा […]
मेयर धनराज आचार्यद्वारा शुभ–दीपावलीको शुभकामना

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपालीहरूको महान् पर्व शुभ–दीपावली (तिहार) २०८२ का अवसरमा देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। मेयर आचार्यले तिहारलाई रंग, उज्यालो र मेलमिलापको पर्वको रूपमा व्याख्या गर्दै यसको मौलिक सांस्कृतिक महत्व नेपाली समाजको एकता र पहिचानसँग गहिरो रूपमा जोडिएको बताउनुभयो। उहाँले भन्नुभयो, “विषम […]
बराह क्षेत्रमा जंगली हात्तीको आतंक, धानबालीमा ठुलो क्षति

सुनसरीको वराहक्षेत्र नगरपालिका-२ पुनर्वासमा भारतबाट आएका जंगली हात्तीको झुन्डले स्थानीय किसानको धानबालीमा ठुलो क्षति पुर्याएको छ। करिब ३० भन्दा बढी हात्तीको समूहले राति मानव बस्ती र खेतबारीमा पसेर बाली नष्ट गरेको स्थानीयले बताएका छन्। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार हात्तीको झुन्डले बराहक्षेत्रका जब्दी, पुनर्वास, रेल्वे र नडाहा क्षेत्रमा ठुलो क्षति पुर्याएको […]
दसैं मनाउन अमेरिकाबाट आएका छोरा–बुहारीमाथि बुबाले गरे खुकुरी प्रहार

काठमाडौंको थलीमा एक बुबाले आफ्ना छोरा र बुहारीमाथि खुकुरी प्रहार गरेका छन्। बुधबार बिहान अन्दाजी साढे ७ बजे कागेश्वरी नगरपालिका–५ थलीमा बुबाले छोरा र बुहारीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। ५३ वर्षीय विष्णु उप्रेतीले आफ्ना ३२ वर्षीय छोरा रूबिस उप्रेती र बुहारी मनिता भण्डारीमाथि खुकुरी प्रहार गरेका हुन्। रूबिस […]
युक्रेन: रुसी ड्रोन र मिसाइल आक्रमणमा ६ जनाको मृत्यु

युक्रेनी विभिन्न शहरहरूमा रुसी ड्रोन र मिसाइल आक्रमणमा दुई बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु भएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो घोषणा गरे। आक्रमणमा कम्तिमा २१ जना घाइते भएका छन्। जेलेन्स्कीले भने कि निरन्तर आक्रमणहरू ‘युद्ध रोक्नको लागि रूसमाथि पर्याप्त दबाब अझै लागू गरिएको छैन’ भन्ने प्रमाण हो। आक्रमण हुनुभन्दा केही घण्टा अघि अमेरिकी राष्ट्रपति […]
जनकपुरधाममा छठपर्वको तयारी सुरु

दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामका विभिन्न पोखरी तथा ताललाई स्थानीयको सहयोगमा विशेष रूपमा श्रृङ्गार्न थालिएको हो । कतिपय पोखरीका घाटमा सरसफाइ पनि गरिएको छ । तराइमा छठको छुट्टै महत्त्व रहेको नीति आयोग मधेस प्रदेशका पूर्वउपाध्यक्ष डा भोगेन्द्र झाले बताए । मिथिलाञ्चलको पौराणिक महत्त्व […]
बक्यौता महसुल नतिर्दा शिवम् सिमेन्टको विद्युत् लाइन काटियो

हेटौँडा उपमहानगरपालिका वडा नम्बर- १६, हटियामा रहेको शिवम् सिमेन्ट उद्योगको विद्युत् लाइन नेपाल विद्युत् प्राधिकरणले काटेको छ। प्राधिकरणले विगतमा लोडसेडिङ अवधिमा डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत् प्रयोग गरेर प्रिमियम महसुल नतिरेका कारण उद्योगको लाइन काटिएको जनाएको छ। शिवम् सिमेन्ट उद्योगले ७७ करोड ८८ लाख रुपैयाँ महसुल बुझाउन बाँकी राखेकाले लाइन काटिएको प्राधिकरण हेटौँडा वितरण केन्द्रका प्रमुख […]
तिहार सुरु भएसँगै साढे ४४ हजार व्यक्ति काठमाडौँबाट बाहिरिए

हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्यामा तीव्र वृद्धि भएको छ । रोजगारी, व्यापार, अध्ययन र अन्य व्यक्तिगत कारणले उपत्यकामा बसोबास गर्दै आएका धेरैजसो नागरिक अहिले आफ्नो जन्मथलो फर्किन थालेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । तिहारको चहलपहल सुरु भएसँगै उपत्यकाका मुख्य नाकामा यात्रु बाहिरिने क्रम बढेको ट्राफिक प्रहरी […]
३०३ राइफल गोली बरामद, फरार कैदी पक्राउ

जिल्ला प्रहरी परिसर भक्तपुरले बेवारिसे अवस्थामा रहेको विभिन्न हतियारको गोली फेला पारेको छ। प्रहरीले मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा किनारामा रहेको सुकुम्बासी बस्तीको सडक छेउमा बेवारिसे अवस्थामा ३०३ राइफलको पाँच राउण्ड गोली र एसएलआर गनको दुई राउण्डको गोली फेला पारेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए। त्यसैगरी गत भदौ २४ गते भएको […]