त्रिशूली नदीपारिको क्षेत्र जोड्न ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिको माग

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नुवाकाेटकाे विदुर नगरपालिकाले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त सडक तथा पुलहरूको विकल्पमा त्रिशूली नदीपारिको क्षेत्रमा सहज आवागमनका लागि ५० करोड रुपैयाँ लागत अनुमानसहितको वैकल्पिक सडक स्तरोन्नति प्रस्ताव गरेको छ ।

नगर प्रमुख राजन श्रेष्ठद्वारा मंगलबार हस्ताक्षरित पत्रमार्फत सडक डिभिजन कार्यालय, विदुर, नुवाकोटलाई वैकल्पिक सडक छनोट गरी पठाइएको हो ।भदौ १० गते आएको बाढीले मुख्य सडक तथा पुलहरूमा क्षति पुर्‍याएपछि वारपार गर्न हाल उपलब्ध एकमात्र वैकल्पिक सडक जोखिमपूर्ण र साँघुरो बन्न पुगेको छ । यसले गर्दा नागरिकको आवतजावतमा ठुलो समस्या उत्पन्न भएकाले उक्त मार्गको स्तरोन्नति गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

काठमाडौँ। नुवाकाेटकाे विदुर नगरपालिकाले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त सडक तथा पुलहरूको विकल्पमा त्रिशूली नदीपारिको क्षेत्रमा सहज आवागमनका लागि ५० करोड रुपैयाँ लागत अनुमानसहितको वैकल्पिक सडक स्तरोन्नति प्रस्ताव गरेको छ ।

 

‘छत्रखोलाबाट सिर्खौली–रणभुवनेश्वरी–मान्त्रेढुङ्गा–गौरिवेशी–कालीखोला–माझीगाउँ–कोलनी–आंगापुटार–तुप््चे–भित्रीनीटार–सिस्नेचौर हुँदै च्याम्पेधारा (किसपाङ) जोड्ने वैकल्पिक सडक’ को स्तरोन्नति गर्ने योजना अघि सारिएको छ ।

यस योजनाभित्र विदुर नगरपालिकाका वडा नं. १, ३, ६, ७, ८, ९ र १२ का क्षेत्रहरू समावेश गरिएका छन् भने यसको कुल अनुमानित लागत ५० करोड रुपैयाँ रहेको छ । सोसम्बन्धी विस्तृत लागत अनुमान पनि पत्रसाथ संलग्न गरिएको नगरपालिकाले जनाएको छ।