अलपत्र रिफ्रेस सेन्टर सञ्चालनमा ल्याउने तयारी
लामो समयदेखि निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको रुपन्देहीको सालझण्डी–पिपलडाँडास्थित रिफ्रेस सेन्टरलाई चाँडै सञ्चालनमा ल्याउने गरी प्रदेश सरकारले गृहकार्य अघि बढाएको छ । लुम्बिनी प्रदेश सरकारका शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री सन्तोषकुमार पाण्डेयले मंगलबार रिफ्रेस सेन्टरको अनुगमन गर्दै आवश्यक प्रक्रिया पूरा गरी छिट्टै सञ्चालनमा ल्याउने तयारी गर्न निर्देशन दिएका छन्। मन्त्री पाण्डेयले खानेपानी […]
कोशी प्रदेश सरकारले पूर्वाधार निर्माणमा क्षति भए क्षतिपूर्ति दिने
विराटनगर। कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेशभित्र सञ्चालित ग्रामीण पूर्वाधार तथा सडक सञ्जाल विस्तारका क्रममा प्रभावित हुने भौतिक संरचना एवं सम्पत्तिको उचित क्षतिपूर्ति निर्धारण तथा व्यवस्थापनसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ। यो निर्णयसँगै अवरुद्ध आयोजनाहरूको निर्माण कार्यलाई तीव्रता दिन र स्थानीय प्रभावित पक्षलाई नियमसंगत मुआब्जा उपलब्ध गराउने बाटो खुलेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा मंगलबार […]
त्रिशूली नदीपारिको क्षेत्र जोड्न ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिको माग

नुवाकाेटकाे विदुर नगरपालिकाले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त सडक तथा पुलहरूको विकल्पमा त्रिशूली नदीपारिको क्षेत्रमा सहज आवागमनका लागि ५० करोड रुपैयाँ लागत अनुमानसहितको वैकल्पिक सडक स्तरोन्नति प्रस्ताव गरेको छ । नगर प्रमुख राजन श्रेष्ठद्वारा मंगलबार हस्ताक्षरित पत्रमार्फत सडक डिभिजन कार्यालय, विदुर, नुवाकोटलाई वैकल्पिक सडक छनोट गरी पठाइएको हो ।भदौ १० गते आएको […]
कृष्णभीरको अस्थायी सडक दीर्घकालीन समाधान होइन, सुरुङ वा पुलको विकल्प खोज्न विज्ञको सुझाव
बाढीपहिरोका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा सडक विभागले असोज १ गतेदेखि दुईतर्फी सवारी सञ्चालन गर्ने तयारी गरिरहेको छ। यद्यपि भू-प्राविधिक विज्ञहरूले भने हाल पाखो काटेर बनाइँदै गरेको अस्थायी सडकलाई दीर्घकालीन समाधानका रूपमा लिन नहुने चेतावनी दिएका छन्। बाढीपछि त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभीरमा यातायात सञ्चालनका लागि माथिल्लो भागको पाखो काटेर […]