रविले बोलाए सर्वदलीय बैठक, बुधबार ११ बजे बस्ने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ गठनको प्रस्ताव गर्दै शीर्ष नेताहरूको सर्वदलीय बैठक आह्वान गरेका छन्।

बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ। मुलुकमा बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला राजनीतिक दलहरूबीच प्रभावकारी समन्वय र साझा रणनीति बनाउन सभापति लामिछानेले शीर्ष नेतृत्वलाई छलफलमा बोलाएका हुन्।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बुधबार बस्ने बैठकमा विपद् प्रतिकार्य, प्रभावकारी उद्धार, राहत तथा पुनर्निर्माणलाई गति दिन उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने मुख्य एजेन्डामाथि छलफल हुनेछ।