यातायात क्षेत्रमा सर्वोच्च अदालतको आदेश कार्यान्वयनसम्बन्धी जाँचबुझ आयोगले बुझायो प्रतिवेदन

सर्वोच्च अदालतको आदेश कार्यान्वयनसम्बन्धी यातायात क्षेत्रको प्रतिवेदन गृहमन्त्री ओमप्रकाश अर्याललाई बुझाएको छ । यातायात क्षेत्रमा सर्वोच्च अदालतले दिएका आदेशहरू कार्यान्वयनको अवस्था, विद्यमान समस्याहरू र आवश्यक सुधारका लागि सुझावसहितको प्रतिवेदन सोमबार जाँचबुझ आयोगले बुझाएको हो । मन्त्रिपरिषद्को गत मंसिर २२ गतेको निर्णयअनुसार जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम यातायात क्षेत्रसम्बन्धी सर्वोच्च […]

सैन्य सुरक्षामा स्ट्रेट अफ हर्मुज खोल्नु राम्रो विकल्प होइन–आईएमओ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुजमा सैन्य सुरक्षामा जहाजहरू आवागमन गराउन भनिरहेका छन् । उनको यस योजनामा देशहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । यसैबिच संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ)ले यसरी हर्मुजबाट जहाजहरू आरपार गराउनु दिगो वा सुनिश्चित सुरक्षा उपाय नभएको बताएको छ । सैन्य कूटनीतिक मार्गदर्शनले जोखिम घटाउने भए पनि जहाजहरूको १०० […]

पूर्वमन्त्री श्रेष्ठविरुद्धको मुद्दामा पेसी तोकियो

पूर्वमन्त्री रञ्जिता श्रेष्ठविरुद्धको लिचीबारी घुस प्रकरण सम्बन्धी भ्रष्टाचार मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतले श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । सो उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न […]

अवरोध गरिएको क्षेप्यास्त्रको भग्नावशेष खस्दा युएईमा एक जनाको मृत्यु

आबुधाबीमा अवरोध गरिएको मिसाइलका टुक्रा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले बताएअनुसार संयुक्त अरब इमिरेट्सको राजधानीस्थित बनियास क्षेत्रमा खसेको मिसाइलको भग्नावशेष लागेर एक पाकिस्तानी नागरिकको ज्यान गएको हो । युएईमा मंगलबारदेखि लगातार सुरक्षा चुनौती देखिएको छ । रिपोर्टहरूका अनुसार अबुधाबी बाहिरको विशाल शाह ग्यास क्षेत्र र फुजैराह तेल उद्योग क्षेत्रमा ड्रोन […]

जेनजी आन्दोलनले मुलुकको निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष

सरकारले गत भदौमा भएको ‘जेन–जी’ आन्दोलनका कारण मुलुकको निजी क्षेत्र थप संकटमा परेको निष्कर्ष निकाल्दै विशेष राहत र पुनर्निर्माण कार्ययोजना सार्वजनिक गरेको छ। २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा व्यापक भौतिक क्षति भएपछि सरकारले तयार गरेको पुनर्निर्माण र पुनर्व्यवस्थापन सम्बन्धी विस्तृत प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। कोभिड–१९ पछिको कमजोर अर्थतन्त्र र बाह्य […]

राष्ट्रिय सभामा सिफारिस भएपछि गृहमन्त्रीको प्रतिक्रिया- ‘विवाद गर्नुपर्ने केही छैन’

गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सभा सदस्यमा आफ्नो मनोनयनको सिफारिसलाई लिएर विवाद गर्नुपर्ने केही नरहेकाे प्रतिकिया दिएका छन्। सोमबार काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अर्यालले आफ्नो नियुक्तिको विषयलाई स्वाभाविक रूपमा लिन आग्रह गरे। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। यसअघि मन्त्री अर्यालले […]