गैरकानुनी रुपमा नेपाल बस्दै आएका २४ बंगलादेशी पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पासपोर्ट नभएका र पर्यटक भिसाको अवधि सकिएर पनि नेपालमा बस्दै आएका २४ बंगलादेशी काठमाडौंबाट पक्राउ परेका छन्। गैरकानुनी रूपमा नेपालमा बस्दै आएका उनीहरुलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो।

उनीहरु डल्लु र सितापाइलालगायतका क्षेत्रमा रहेका कपडा कारखानामा काम गर्दै गरेको अवस्थामा पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरुलाई प्रहरीले अध्यागमन विभाग कालीकास्थानको जिम्मा लगाएको छ।