शिक्षा मन्त्री पुन र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र चिनियाँ राजदूत महामहीम चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ। उनीहरू आज बुधवार मन्त्रालयमा भेटवार्ता भएको मन्त्री पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो ।

उक्त भेटवार्तामा नेपाल र चीनबीच विज्ञान, प्रविधि र नवप्रवर्तन (साइन्स, टेक्नोलोजी र इनोभेसन) को क्षेत्रमा आपसी सहकार्यलाई अझ मजबुत बनाउने विषयमा गहन छलफल भएको बताइएको छ ।

यसैगरी, सन् २०२३ मा दुई देशबीच विज्ञान तथा प्रविधिको क्षेत्रमा सहकार्य गर्ने गरी भएको सम्झौतालाई ठोस रूपमा अगाडि बढाउन एउटा संयुक्त कमिटी गठन गर्ने विषयमा पनि सहमति भएको जनाइएको छ ।