ट्राफिक प्रहरीले ड्युटीको समयमा चालकसँग हात मिलाउन नपाउने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

ट्राफिक प्रहरीले अब ड्युटीको समयमा चालक तथा अन्य सेवाग्राहीहरूसँग हात मिलाउन नपाउने भएका छन्।

ट्राफिक प्रहरीले ड्यटीको समयमा सवारी सेवाग्राहीहरूसँग हात मिलाएका भिडियोहरू सामाजिक सञ्जालमा आएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस्तो निर्देशन जारी गरेको हो।

‘अब उप्रान्त कुनै पनि ट्राफिक प्रहरी कर्मचारीहरूले ड्युटीको समयमा सवारीचालकलगायत अन्य सेवाग्राहीहरूसँग हात मिलाउने कार्यलाई पूर्ण रूपमा अस्वीकार गरी टाढैबाट नमस्कार मात्र भनी सम्मान गर्न–गराउन हुन निर्देशानुसार अनुरोध गरिएको छ,’ निर्देशनमा भनिएको छ।