भेनेजुएलामा लगातार गएको भूकम्पमा परी कम्तीमा १६४ जनाको मृत्यु भएको छ।
भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले ७.२ र ७.५ म्याग्निच्युडका भूकम्पमा परी १६४ जनाको मृत्यु भएको जानकारी दिएकी हुन्।
स्थानीय प्रशासनका अनुसार भग्नावशेषमा अझै केही मानिस फसेको आशंका गरिएको छ। त्यसैले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार भूकम्पको केन्द्रविन्दु आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ। विशेषगरी राजधानी काराकास र ला ग्वाइरा राज्यमा धेरै भवनहरू भत्किएका छन्।
काराकसमा भग्नावशेषमा पुरिएका मानिसहरुको उद्दार भइरहेको छ। अहिलेसम्म ७०० भन्दा बढि घाइतेको उद्दार गरिएको छ। घाइतेकोे संख्या बढ्न सक्ने आँकलन गरिएको छ।
भूकम्पले सडक, पुल, व्यापारिक भवन र आवासीय क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ।
राष्ट्रपति कार्यालयले नागरिकलाई शान्त रहन र सरकारी निर्देशन पालना गर्न आग्रह गरेको छ। साथै, थप परकम्प आउन सक्ने चेतावनी दिइएको छ।