भेनेजुएला भूकम्प : १६४ जनाको मृत्यु, ७०० बढि घाइते

भेनेजुएलामा लगातार गएको भूकम्पमा परी कम्तीमा १६४ जनाको मृत्यु भएको छ। भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले ७.२ र ७.५ म्याग्निच्युडका भूकम्पमा परी १६४ जनाको मृत्यु भएको जानकारी दिएकी हुन्। स्थानीय प्रशासनका अनुसार भग्नावशेषमा अझै केही मानिस फसेको आशंका गरिएको छ। त्यसैले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार भूकम्पको केन्द्रविन्दु आसपासका […]

कांग्रेसमा देउवा र गगन समूहको दूरी बढ्दै: बेग्लै कार्यालय खोल्ने तयारी

नेपाली कांग्रेसभित्र सहमतिको सम्भावना कमजोर बन्दै गएको संकेत देखिएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा र सभापति गगन थापा समूहको दूरी थप बढेको देखिएको छ । सभापति थापासँग राजनीतिक समझदारीको सम्भावना न्यून हुँदै गएपछि इतर पक्षले छुट्टै सम्पर्क कार्यालय स्थापना गर्ने तयारी थालेको छ। १५औँ महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन सम्पर्क कार्यालय खोल्न लागिएको इतर पक्षका नेता […]

झुटो विवरणका आधारमा नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष र सदस्य पक्राउ

अङ्गीकृत नेपाली नागरिकताका लागि झुटो विवरणको सरजमिन सिफारिस गरेको आरोपमा मोरङको रंगेली नगरपालिका वडा नम्बर-५ का वडा अध्यक्ष र एक वडा सदस्य पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको हो। पक्राउ पर्नेहरूमा रंगेली–५ का ५५ वर्षीय वडा अध्यक्ष महानन्द मण्डल र सोही वडाका ४६ वर्षीय वडा […]