फेवातालमा माछा मार्नेक्रममा डुबेका युवकको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा, १० असार/ फेवातालमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका युवक मृत फेला परेका छन् ।

मंगलबार साँझ करिब ५ः३० बजे फेवाताल अन्तर्गत पोखरा महानगरपालिका–१८ खपौदी क्षेत्रमा माछा मार्ने क्रममा पोखरा–९ नयाँबजार निवासी ३४ वर्षीय शंकर नेपाली तालमा डुबेर बेपत्ता भएका थिए।

उनको शवलाई सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन टोलीले शव निकालेका थिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नम्बर २४ गण कालिका कास्की मातहत रहेको फेवा वाच एण्ड रेस्क्यु टावरबाट खटिएको विपद् व्यवस्थापन टोलीले तत्काल खोजी तथा उद्धार अभियान सञ्चालन गरेको थियो।

बुधबार साँझ ६ बजे तालको करिब २० फिट गहिराइबाट शंकर नेपालीको शव निकालेको हो ।