ब्यालेट विद्रोह र जन भरोसाको सरकार

-डिल्लीराज भट्ट परिवर्तनको अपेक्षासहित यो नेपाली राजनीतिमा जनताले ‘ब्यालेट विद्रोह’ गरेको समय हो। दशकौंदेखि पूराना दलको वरिपरि घुमिरहेको राजनीति र उनीहरूको राजनीतिक आडम्बर एतिबेला खोसिएको छ। अझ अर्को अर्थमा भन्नुपर्दा त्यो आडम्बर गर्ल्याम्म ढलेको छ। यो ‘ब्यालेट विद्रोह’ जनताको परिवर्तनको हुटहुटी हो। शासनशैली पुनर्संरचनाको माग हो। मतपेटिकाबाट व्यक्त भएको सन्देशले जनता अब भाषण र शासन […]

अर्थमन्त्री खनालको आजदेखि कुलिङ पिरियड !

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनाल मन्त्रालयका काममा सहभागी नहुने भएका छन् । निर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार पेस भएसँगै उनले मन्त्रालयको दैनिक काममा सहभागी नहुने घोषणा गरेका हुन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले आफ्नो कुलिङ पिरियड सुरु भएको बताए ।  ‘कुलिङ पिरियङ बिगेन्स फ्रम टुडे, नो मोर नेम–ट्याग्ड ट्रायल ब्यालन, प्लिज,आजदेखि कुलिङ […]

खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ खोटाङ– खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार जोड्ने सडकमा कालोपत्रको काम सुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत विनियोजन भएको ३० करोड बजेटमा कालोपत्रको काम सुरु गरिएको हो । भौतिक पूर्वाधार विकास कार्यालयमार्फत ठेक्का आह्वान गरिएकामा युएसजी–रक्तकन्या–हिमशृङ्खला जेभी काठमाडौँले रु १७ करोड ३० लाख ८२ […]

वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु

काठमाडौं । ‘सीमित सिटका लागि भर्ना खुलेको छ, विद्यालयबाट फारम वितरण भइरहेकाले लिन सक्नुहुनेछ।’ यस्ता सूचना र विज्ञापन आजभोलि निजी विद्यालयका वेबसाइट र सूचनापाटीमा देख्न सकिन्छ। वार्षिक परीक्षा सम्पन्न नहुँदै काठमाडौँ उपत्यकालगायत विभिन्न क्षेत्रका अधिकांश निजी विद्यालयले शिक्षा नियमावली विपरीत नयाँ शैक्षिक सत्र, २०८३ का लागि भर्ना प्रक्रिया सुरु गरेका हुन्।

मन्त्रिपरिषद गठनको गृहकार्य सुरु , १८ सदस्यीय मन्त्रिपरिषद बनाउने प्रयासमा रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ मन्त्रिपरिषद गठनको गृहकार्य थालेको छ । यस क्रममा १८ सदस्यीय मन्त्रिपरिषद गठनको प्रयास भइरहेको सो पार्टीका नेताहरुले बताएका छन् । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले १८ सदस्यीय मन्त्रिपरिषद बैठक गठनको प्रयास भइरहेको जानकारी दिए । ‘हामीले सकेसम्म कम सदस्यीय मन्त्रिपरिषद गठनको प्रयास गरिरहेका छौं । सकेसम्म १८ वरिपरि गर्ने […]

इजरायलले अब इरानी ऊर्जा संरचनामाथि आक्रमण नगर्ने

तेल अभिभ । इजरायली  प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानका महत्त्वपूर्ण ऊर्जा संरचनामाथि थप आक्रमण नगर्ने बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलन बोल्ने क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यका आक्रमण रोक्न अनुरोध गरेको भन्दै आफूहरूले त्यसको पालना गर्ने उनले स्पष्ट बताएका हुन् । नेतन्याहूको यो भनाइ इजरायलले इरानसँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण जारी राखिरहेका बेला आएको हो । […]

जेनजी आन्दोलनका घाइतेको चैत २० गते अन्तिम वर्गीकरण गरिने

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि अन्तिमपटक आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार जेनजी प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको वर्गीकरण सहजीकरण समितिले गत मङ्सिर ५, १२ र १८ गते अधिकांश घाइतेको वर्गीकरण गरिसकेको छ। ती दिनमा […]

ह्वास्ट्सएप ह्याकिङ र अनलाइन ठगी बढ्दै, आम नागरिकलाई सतर्क रहन प्रहरीको आग्रह

काठमाडौँ- नेपाल प्रहरीको साइबर ब्यूरोले हालै देशभर ह्वास्ट्सएप ह्याक गरेर हुने अनलाइन ठगीका घटना बढ्दै गएको भन्दै आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। साइबर ब्यूरोका अनुसार ‘म समस्या/अप्ठ्यारोमा परेको छु, तुरुन्त पैसा पठाइदिनुहोस्’ वा ‘मेरो बैंकिङ एपमा समस्या आएको छ, क्युआर कोडमार्फत पैसा पठाइदिनुहोस्’ भन्ने जस्ता सन्देशहरू प्रयोग गरी ठगी गर्ने घटना पछिल्लो समय बढिरहेका […]

सरकार गठन अघि रास्वपा सभापति लामिछाने, बालेन र दुई उपसभापतिको वार्ता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेतृत्व सरकार गठनबारे आन्तरिक छलफलमा जुटेका छन्। निर्वाचन आयोगले निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाएसँगै सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र उपसभापतिद्वय डीपी अर्याल र डा स्वर्णिम वाग्ले आन्तरिक छलफलमा जुटेका हुन्। फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले १८२ सीट जितेको छ। रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा […]

प्रतिनिधिसभा निर्वाचन : प्रति मतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र प्रतिवेदनसहितको निर्वाचन परिणाम राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइसकेपछि आज आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन खर्चलाई मितव्ययी बनाउन आयोगबाट यसअघि खरिद भएका सामग्री प्रयोगको नीति लिइएको जानकारी दिए। निर्वाचन […]