घोषणापत्रमा पर्यटनको योगदान १० प्रतिशत पुर्याउनेगरी एजेन्डा ल्याउनुपर्छ’

प्रतिनिधि सभा निर्वाचनको सँघारमा राजनीतिक दलहरू आफ्ना घोषणापत्र तथा प्रतिवद्धता पत्र तयार गर्न व्यस्त छन् । मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण खम्बा मानिने पर्यटन र उड्डयन क्षेत्रका मुद्दाहरू दलको प्राथमिकतामा कसरी समेटिनुपर्छ भन्ने बहस पनि उत्तिकै चलिरहेको छ । यही सन्दर्भमा नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष प्रतापजंग पाण्डेसँग हामीले कुराकानी गरेका छौँ । उड्डयन क्षेत्रका समस्या, नीतिगत सुधार […]
पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथिको सुनुवाइ स्थगित

लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको उक्त मुद्दा पूर्वमन्त्री गुप्ताका कानुन व्यवसायीले स्थगित गराएका हुन् । विशेष अदालतले लिचिबारी जग्गा प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दामा थुनामा पठाउने दिएको आदेश बदर गर्न माग गर्दै गुप्ताले निवेदन […]
बजेटको अर्धवार्षिक समीक्षाको पूर्णपाठ

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ । यसमा सरकारले चालु आर्थिक वर्षमा हुने बजेट खर्चको अनुमान संशोधन गरेको छ । बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले बजेटमा उल्लेखित आकारभन्दा १४.०४ प्रतिशतले खर्च घट्ने अनुमान गरेको हो । गत जेठ १५ गते सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड […]
सुनिल पौडेलसहित ६ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सरकारी पक्षबाट स्थगित गराइएको छ । उक्त भ्रष्टाचार मुद्दा विशेष अदालतका अध्यक्ष सुदर्शन भट्ट र हेमन्त रावलको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसहित ६ जनालाई केन्द्रका लागि ‘हाई कम्प्युट इन्फ्रास्ट्रक्चर’ खरिद […]
कांग्रेस बदलिएर आएको छ: सभापति थापा
काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसले भनेका कुरा पूरा गरेको र बदलिएर आएको बताउनुभएकाे छ। सुनसरी-२ झुम्कामा मंगलबार नेता तथा कार्यकर्ताहरूसँग कुरा गर्दै सभापति थापाले यस्ताे बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे,- ‘कांग्रेस, आफूलाई विश्वास र माया गर्नु भएको छ। अब यो क्षेत्रबाट राजीव कोइरालालाई भोट हालेर जिताइदिन आग्रह गर्दछु। बाँकी कुरा पूरा गर्नेछु।’ सभापति […]
जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने सरकारको निर्णय

सरकारले जेनजी आन्दोलनको घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने भएको छ । सोमवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले तेस्रो पटक सो आयोगको म्याद थप गर्ने निर्णय गरेको हो । सो आयोगको दोस्रो पटक थप गरिएको म्याद माघ २८ गते बुधवार सकिँदैछ । सो आयोगको म्याद पुनः […]
नेपाली कांग्रेसभित्र अभूतपूर्व एकता छ : केन्द्रीय सदस्य घिमिरे
शंकर बरुवाल, रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मथुराप्रसाद घिमिरेले वर्तमान अवस्थामा पार्टीभित्र अभूतपूर्व एकता कायम रहेको दाबी गर्नुभएको छ । नेपाल प्रेस युनियन रामेछापले सोमबार सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता घिमिरेले यस्तो बताउनुभएको हो । केन्द्रीय प्रतिनिधिको रूपमा रामेछाप खटिनुभएका घिमिरेले कांग्रेससँग निर्वाचन लडेको लामो अनुभव रहेकाले आगामी निर्वाचनमा कसरी परिणाम आफ्नो […]
संविधान निर्माणको १० वर्षसम्म पनि पुरानै कानूनका आधारमा देश चल्नु चिन्ताजनक : सांसद विसी
काठमाडाैं । नेकपा एमालेकी सांसद सुमित्रा विसीले संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा ढिलाई हुँदा मुलुकको विकास प्रक्रियामा असर परेको बताउनुभएको छ । राष्ट्रिय सभाको सोमवारको बैठकमा बिदाइ सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०१३, २०२० र २०२९ सालमा बनेका कानूनका आधारमा मुलुक सञ्चालन अत्यन्त चिन्ताजनक विषय भएको बताउनुभयाे । आवश्यक कानून समयमा नबन्दा […]
एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन गर्छः प्रहरी महानिरीक्षक कार्की
काठमाडाैं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले एआई तथा एडभान्स एनालेटिक सेल गठन गर्न लागेको बताउनु भएको छ । सूचना प्रविधिको दुरुपयोग गरेर झुटा सामग्रीहरु प्रशारण गर्ने कामले बढवा पाएकाले त्यस्ता गतिविधिलाई निगरानी गर्न र कानूनी उपचारका लागि पनि नेपाल प्रहरीले सो सेवा गठन गर्न लागेको उहाँको भनाई थियो । सोमवार काठमाडौंमा आयोजित अपराध अनुसन्धान […]
पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु
काठमाडौं– यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रहरूमा रङरोगन, सरसफाइ तथा पूर्वाधार सुधारका काम सुरु गरिएको छ । भक्तजनलाई सहज तथा सुरक्षित रूपमा दर्शन गराउने उद्देश्यले मन्दिरलगायत आसपासका क्षेत्रमा विशेष सरसफाइदेखि अन्य तयारी सञ्चालन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रिको तयारीका लागि मूल समारोह समितिअन्तर्गत […]