प्रतिनिधिसभा निर्वाचनमा पाँच अर्ब ३७ करोड खर्च
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पाँच अर्ब ३७ करोड रुपैयाँ खर्च भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सरदरमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च भएको बताए । “हालसम्म ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भएको छ । भुक्तानी गर्न बँकी दायित्वसमेत हिसाब गर्दा जम्मा पाँच अर्ब ३७ करोड रकम खर्च […]
धर्म र पहिचानको नाममा राजनीति गर्ने प्रवृत्ति त्यागौँः मुख्यमन्त्री बानियाँ
काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जात, धर्म र पहिचानको नाममा राजनीति गर्ने प्रवृत्ति त्यागेर मानवतामा आधारित राजनीति गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल आदिवासी जनजाति महासंघको ११ औँ राष्ट्रिय महाधिवेशनलाई बिहीवार काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा गणतन्त्र स्थापना भएसँगै सबै जाती र समूदायले समान अधिकार प्राप्त गरेको जिकिर गर्नुभयो […]
गगन थापाद्वारा कांग्रेस सभापतिबाट राजीनामा
काठमाडौँ काठमाडौँ – कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको छैन । केन्द्रीय समितिको बैठक भोलीलाई बोलाएको थियो। त्यसअघि नै उपसभापति विश्वप्रकाश शर्मालाई थापाले राजीनामा बुझाएका […]
इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार
इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि इरानले खाडी क्षेत्रका छिमेकी देशहरू र इजरायलमाथि मिसाइल र ड्रोनमार्फत जवाफ दिएको छ । इरानका वरिष्ठ अधिकारी अली लारीजानी र जनरल गोलाम रेजा सोलिमानीको मृत्यु भएपछि इरानले इजरायलको केन्द्रीय क्षेत्रमा बहु–वारहेड मिसाइल प्रहार गरेको पुष्टि गरेको छ । यस आक्रमणमा रामत गानमा दुई व्यक्तिको मृत्यु भएको […]
‘सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान’ निर्वाचन आयुक्त जबरालाई
काठमाडौं । “सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान” बाट निर्वाचन आयुक्त सगुनप्रसाद ज.ब.रा. सम्माानित हुनुभएको छ । भुतपूर्व सैनिकहरूको योगदानको कदर गर्दै नेपाली सेनाले हरेक वर्ष पूर्वसैनिकहरु मध्येबाट एक जनालाई सर्वोत्कृष्ट सैनिक सम्मान प्रदान गर्दे आएको छ । उहाँलाई घोडेजात्राको अवसरमा बुधवार आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले सम्मान गर्नुभएको हो । जबराले ३० वर्ष नेपाली सेनामा योगदान […]
भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिइने
काठमाडौँ- निर्वाचन आयोगले भोलि समानुपातिक सांसदहरूलाई प्रमाण पत्र दिने भएको छ। आयोगका अनुसार समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूले बिहीबार बिहान साढे ११ बजे निर्वाचित भएको प्रमाण पत्र ग्रहण गर्ने कार्यक्रम तय भएको छ। उक्त कार्यक्रम आयोगको प्रांङगण कान्तिपथमा हुनेछ। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन भएको थियो। समानुपातिकतर्फ ११० जना निर्वाचित भएका छन्। प्रत्यक्षतर्फ १६५ जना निर्वाचित […]
नवनिर्वाचित सांसदहरूको शपथका लागि अस्थायी हल निर्माण अन्तिम चरणमा
काठमाडौँ- नवनिर्वाचित सांसदहरूको शपथग्रहण कार्यक्रमका लागि अस्थायी हल निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ। संघीय संसद् सचिवालयका अनुसार शपथ कार्यक्रम चैत्र १२ गते आयोजना गर्ने तयारी भइरहेको छ। सिंहदरवारभित्र निर्माणाधीन नयाँ संसद् भवन अझै पूर्ण रूपमा तयार नभएकाले कार्यक्रम सञ्चालनका लागि अस्थायी हल निर्माण गरिएको हो। हाल हलमा माइक, बत्ती र अन्य आवश्यक व्यवस्था गर्नको […]
अनुदानमा विद्युतीय चुलो वितरण, उपभोक्तालाई ठूलो राहत
केशव कोइराला, बर्दिया । बर्दियाको राजापुर नगरपालिकाले अनुदानमा विद्युतिय चुलो वितरण सुरु गर्दै उपभोक्तालाई राहत दिएको छ। ३ हजार ७ सय ६७ रुपैयाँ ४२ पैसा लागत पर्ने चुलो उपभोक्ताले मात्र ८ सय ६५ रुपैयाँमा प्राप्त गरेका छन्। नगरपालिकाले एक औपचारिक कार्यक्रमबीच यसअघि माग फारम भरेका उपभोक्तालाई चुलो हस्तान्तरण गरेको जनाएको छ। पछिल्लो समय देखिएको ग्यास […]
सुत्केरी महिलालाई हेलिकप्टरमार्फत सुर्खेत रिफर
सुर्खेत । बाजुरकाे बडिमालिका नगरपालिकाकी वडा न १ कि २१ वर्षीया सुत्केरी सरिता रोकायालाई थप उपचारका लागि सुर्खेत ल्याइएको छ। मंगलबार राति सुत्केरी भएपछि अत्यधिक रक्तस्राव भएकोले उनको स्वास्थ्य अवस्था जटिल बनेपछि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिएका छन्। अवस्था गम्भीर बन्दै गएपछि चिकित्सकको सल्लाहअनुसार उनलाई हेलिकप्टरमार्फत उद्धार […]
अष्ट्रेलिया–युरोप व्यापार वार्ता: समझदारी नजिक
काठमाडौँ- युरोपेली संघकी प्रमुख उर्सुला भोन देर लेयेन आगामी हप्ता अष्ट्रेलिया भ्रमण गर्न लागेकी छिन्, जसले लामो समयदेखि जारी वार्तापछि स्वतन्त्र व्यापार सम्झौता सम्पन्न हुने आशा बढाएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानेजले मार्च २४ मा क्यानबेरामा उनीसँग औपचारिक भेट गर्ने निश्चित भएको जानकारी दिएका छन्। भ्रमणको क्रममा भोन देर लेयेनसँग व्यापार आयुक्त पनि सहभागी हुनेछन् […]