निर्वाचन बिथोल्न केही तत्व सक्रिय छन्: गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्वहरु निर्वाचनको विथोल्नको लागि सक्रिय भएको आरोप लगाउनुभएको छ। जिल्ला समन्वय समिति भक्तपुरको कार्यलय अनुगमनको क्रममा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले निर्वाचनको माहोल बिगार्न लाग्नेहरुलाई सरकारले सम्झाई-बुझाई गर्ने बताउनुभयो । सम्झाउँदा नमानेमा सरकारले आफ्नो ढंगबाट काम गर्ने उहाको भनाइ छ। वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष […]

एमालेको केन्द्रीय कमिटी बैठक भोलि बिहान ८ बजे पुन: बस्ने

नेकपा एमालेको दोस्रो दिनको केन्द्रीय कमिटी बैठक सकिएको छ । हिजोबाट ललितपुरको एक होटलमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । भोलि बिहान ८ बजेबाट पुन: बैठक सुरु हुने पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

भारतले अबदेखि रूसबाट तेल नकिन्ने ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रूसबाट तेल नकिन्ने दाबी गरेका छन्। बुधबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रूसबाट तेल नकिन्ने आश्वासन दिएको बताएका हुन्। ‘अबदेखि भारतले रूसबाट तेल किन्दैन। मेरा साथी मोदीले रूसी तेल अब भारतले किन्दैन भन्ने कुराको सुनिश्चितता मसँगको कुराकानीमा गर्नुभएको छ,’ ट्रम्पले पत्रकारहरूसँग भने। उनले लामो समयदेखि भारतको […]

अभियन्ता ‘ई’ लाई बालेनले भने- ‘तपाईं प्रधानमन्त्री बन्नुस्, म कार्यकर्ता बन्छु’

सामाजिक अभियन्ता ‘ई’ (इः) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सामाजिक सञ्जाल फेसबुकमा रोचक जुहारी चलेको छ। अभियन्ता ‘ई’ ले मेयर शाहलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र व्यवसायी दुर्गा प्रसाईंसँग तुलना गर्दै एक पोस्ट गरेपछि मेयर शाहले त्यसको जवाफ फर्काएका हुन्। अभियान्ता ‘ई’ ले मध्यरातमा फेसबुकमा एक पोस्ट गर्दै मेयर बालेन शाह, केपी […]

ओमानलाई ३८ रनले पराजित गर्दै नेपाल शीर्ष स्थानमा

आइसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गतको महत्त्वपूर्ण खेलमा नेपालले घरेलु टोली ओमानलाई ३८ रनको फराकिलो अन्तरले पराजित गरेको छ। ओपनर कुशल भुर्तेलको सानदार अर्धशतकपछि बलरहरूको सामूहिक उत्कृष्ट प्रदर्शनमा नेपालले प्रतियोगितामा लगातार चौथो जित निकाल्दै सुपर सिक्सको शीर्ष स्थानमा आफ्नो पकड बनाएको छ। नेपालले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर […]

पाकिस्तान र अफगान तालिबानबीच ४८ घण्टाको युद्धविराममा सहमति

पाकिस्तानका विदेश मन्त्रालयका अनुसार, तालिबानको अन्तरिम सरकारले गरेको अनुरोधमा ४८ घण्टाको युद्धविराम घोषणा गरिएको छ। बीबीसी उर्दूका अनुसार, तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पनि युद्धविरामको पुष्टि गरेका छन्। पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ कि युद्धविराम आज साँझ ६ बजेबाट लागू भएको छ। यस अवधिमा तालिबानको अन्तरिम सरकारले वार्ताको अनुरोध पनि गरेको छ। पाकिस्तानको भनाइ अनुसार युद्धविराम […]

आज यी स्थानामा हल्का वर्षाको छ सम्भावना

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बिहीबार दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने। बाँकी भू–भागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको […]

गृहमन्त्रीद्वारा कारागार व्यवस्थापन विभागको निरीक्षण, फरार कैदी बन्दीलाई छिटो पक्राउ गर्न निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले आज डिल्लीबजारस्थित कारागार व्यवस्थापन विभागको निरीक्षण गरी त्यहाँबाट प्रदान गरिने सेवा प्रवाह, कैदी बन्दीको सङ्ख्या र अवस्थालगायतका विषयमा जानकारी लिएका छन । निरीक्षणपछि मन्त्री आर्यलाले कारागारलाई साधन/स्रोत सम्पन्न बनाउन र व्यवस्थित ढंगबाट सञ्चालन गर्ने सन्दर्भमा सुधारका योजना ल्याउन निर्देशन दिएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए । सोही अवसरमा मन्त्री अर्यालले ७७ […]

पेट्रोल प्रतिलिटर २ रुपैयाँले घट्यो, डिजेल र मट्टितेलको यथावत्

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) बाट नयाँ खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले घटाउने निर्णय गरेको हो। नयाँ मूल्य बिहीबार बिहान १२:०१ बजेदेखि लागू हुनेछ। डिजेल र मट्टितेलको मूल्य भने यथावत् राखिएको छ ।

पूर्वसभामुख महरालाई सुन्धारा कारागार पठाइयो

पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार उनलाई अदालतको आदेश बमोजिम सुन्धारास्थित केन्द्रीय कारागार पठाइएको हो । ‘उहाँलाई जगन्नाथदेवल कारागार पठाइएको छ,’ उनले भने । मंगलबार र बुधबार भएको बयान र थुनछेक बहसपछि महरालाई थुना पठाउने आदेश जारी भएको हो । उनीविरुद्ध ८ करोड ५५ […]