हामीसँग जम्मा दुई विकल्प छन्– सक्किनु कि सच्चिनु

सबैभन्दा पहिले देशैभर न्याय र मुक्तिका लागि आफ्नो रगत, पसिना र आँसु बगाउनु भएका लाखौँ–लाख न्यायप्रेमी आम जनसमुदायमा म महान् जनयुद्धको ३१औँ वर्ष प्रवेशको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । हामीले आफ्नो जीवनको सबै भन्दा महत्त्वपूर्ण कालखण्ड जनयुद्धमा बिताएका हौँ । हामी आफैले जनयुद्धका रक्तरंजित दिनहरूको थालनी गर्दैगर्दा, विषमतम जँघारहरू तर्दै गर्दा सिङ्गो नेपालको […]
निर्वाचनलाई निष्पक्ष र विश्वासिलो बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्णः सचिव राउत

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले आगामी आवधिक निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वासिलो ढंगले सम्पन्न गर्न सञ्चार माध्यमको भूमिका निर्णायक हुने बताएका छन् । आयोगद्वारा आयोजित एक छलफल कार्यक्रममा बोल्दै उनले आम नागरिकलाई सही, तथ्यपरक र तटस्थ सूचना प्रवाह गरी मतदानको सही सदुपयोग गर्ने वातावरण निर्माण गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे। सचिव राउतले सञ्चार माध्यमलाई लोकतन्त्रको […]
आइतबारसम्म मतपत्र छपाइ सकिने

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले दैनिक १२ देखि १५ लाख मतपत्र छपाइ भइरहेको र आइतबारसम्म सबै छपाइ सम्पन्न हुने जानकारी दिए । उनले भने, “आज बिहानसम्ममा छ प्रदेशको […]
देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको सफलताका लागि सक्रियतापूर्वक भाग लिन सबैलाई आग्रह गरेकी छन् । पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा ताप्लेजुङको पाथीभरामा स्थानीयसँग अन्तरक्रिया गर्दै आज उनले शान्तिपूर्ण रूपमा निर्वाचन सफल बनाउन सबैको योगदान हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री कार्कीले फुङ्लिङमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका जिल्ला प्रमुखसँग […]
पूर्वराजा शाह झापाबाट काठमाडौँ प्रस्थान

पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ प्रस्थान गरेका छन् । यसअघि बुद्ध एयरको विमानमार्फत काठमाडौँ आउने भनिएपनि उनी कैलाश एयरको हेलिकोप्टरमार्फत काठमाडौँ प्रस्थान गरेका हुन् । मौसमको कारण जहाज डिले हुने भएपछि शाहले हेलिकप्टरमार्फत काठमाडौँ प्रस्थान गरेको सुरक्षा स्रोतले जानकारी दियो । मध्यान्ह १२ बजे काठमाडौँतर्फ प्रस्थान गरेका उनी करिब १ घण्टा १० मिनेटमा उनी […]
पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट
ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको पाटन दरबार सङ्ग्रहालय अवलोकनका लागि अब घरमै बसेर अनलाइन टिकट बुकिङ गर्न सकिने भएको छ । दरबार सङ्ग्रहालय प्रशासनले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गर्दै अनलाइन टिकट प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।पाटन दरबार सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले हाल अनलाइन टिकट […]
शेयर बजारमा सामान्य अंकको वृद्धि
काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । गत आइतबारदेखि बुधबारसम्मै घटेको बजार परिसूचक आज भने झण्डै ९ अंकले बढ्दै २६ सय ७१ को विन्दुमा पुगेको छ । नेप्सेसंगै कारोबार रकम पनि बढेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये आज पाँच वटा उपसमूह घटेका छन् भने […]
हिमाली तथा पहाडी जिल्लाहरुमा निर्वाचन गराउन सम्भव छ : प्रधानमन्त्री कार्की
काठमाडाैं । हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन २१ गते नै निर्वनचन गराउन सम्भव रहेकाे प्रधानमन्त्री सुशीला कार्कीले बताउनुभएकाे छ । आज सोलुखुम्बु हिमाली जिल्लाहरूमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थापन तथा भौगोलिक चुनौतीको स्थलगत निरीक्षणका क्रममा आज सोलुखुम्बु आइपुगेकी उहाँले सोलु सहित हिमाली जिल्लामा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सकिने अवस्था रहेको जानकारी दिनुभयाे प्रधानमन्त्री कार्कीले कुनै […]
हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै मतदान हुने बताएकी छन्। बिहीबार हिमाली क्षेत्रको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बु पुगेकी छन्। सोलुखुम्बुको नाम्चे र सल्लरीमा उनले सरोकारवालासँग छलफल गरेकी छन्। सोलुखुम्बु प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीबारे ब्रिफिङ लिएकी छन्। सरोकारवालासँगको छलफलमा प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै चुनाव हुने बताएकी […]
स्थलगत : एक बर्षमा नै मत ‘स्विङ’ गर्न माहिर तनहुँ–१ मा यस्तो हुन सक्छ चुनावी परिणाम
तनहुँ (दमौली)– आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधि सभाको मध्यावधि निर्वाचनमा विभिन्न दलले उम्मेदवारी दिएर चुनाव प्रचारलाई तिव्रता दिइरहेका छन्। क्यानडा नेपालले उक्त क्षेत्रमा पुगी धेरै जसो सर्वसाधारणसँग चुनावी चर्चा परिचर्चासहित कस्तो नतिजा आउन सक्छ भनी कुराकानीका आधारमा आँकलन गरेको छ। तनहुुँ–१ बाट विघटित प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेको प्रतिनिधित्व […]