नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाढी प्रभावित जिल्ला धादिङ र नुवाकोटका विभिन्न स्थानको स्थलगत अवलोकन गरेका छन्।
उनले प्रभावित क्षेत्रमै पुगेर बाढीपीडितका गुनासो तथा समस्याबारे प्रत्यक्ष जानकारी लिएका हुन्।
अध्यक्ष ओलीले धादिङको गल्छी र नुवाकोटको बेलकोटगढीका बाढी प्रभावित क्षेत्रमा पुगेर क्षतिको अवस्था बुझेका छन्। सो क्रममा उनले विपद्मा परेका स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका पीडा, गुनासो र तत्कालीन आवश्यकताका विषयमा चासो राखेका थिए।
विपद्को यस घडीमा प्रभावित नागरिकको सहयोगका लागि एमालेसम्बद्ध विभिन्न जनवर्गीय संगठनहरू अग्रपङ्क्तिमा परिचालित भएका छन्।
विशेषगरी धादिङको गल्छी लगायतका प्रभावित स्थानमा राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, जिफन्ट र ओएनएफ लगायतका संगठनहरूले उद्धार तथा राहत वितरणको काम गरिरहेका छन्।