सेफ सापकोटाद्धारा बाढीपीडितका लागि ५१ लाख सहयाेग

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सेफ सापकोटाद्धारा बाढीपीडितका लागि ५१ लाख सहयाेग पोर्चुगलमा  कार्यरत नेपाली सेफ टङ्क सापकोटाले रसुवाको भोटेकोसीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ५१ लाख रुपैयाँ प्रदान गरेका छन् ।

सापकोटाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त जम्मा गरेको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले जानकारी गराए । राजदूत पौडेलले प्राकृतिक विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारका लागि सापकोटाले गरेको सहयोग प्रशंसनीय र प्रेरणादायी रहेको बताए ।

दाजु लक्ष्मीप्रसाद सापकोटा र श्रीमती सीता सापकोटासँग सल्लाह गरेर परिवारको तर्फबाट विपत्तिमा परेका नागरिकलाई सहयोग गरेको सापकोटाले जानकारी गराए ।

विगत ३० वर्षदेखि सपरिवार पोर्चुगलमा बस्दै आएका बागलुङ, दमेकका सापकोटाले राजधानी लिस्बनमा तीन इटालियन र एक नेपाली गरी चार वटा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्।

यसअघि कोरोना महामारीका समयमा पनि उनले राजधानी लिस्बनका करिब १० हजार जनालाई निःशुल्क खाना खुवाएका थिए ।