गुल्मीका ६ स्थानीय निकायले भोटेकोशी बाढीपीडितको राहतका लागि ६३ लाख ८ सय रुपैयाँ प्रधानमन्त्री दैवी उद्धार कोषमा दाखिला गरेका छन्।
रुरुक्षेत्र गाउँपालिकाले २६ लाख ७५ हजार, चन्द्रकोट गाउँपालिकाले १४ लाख, रेसुङ्गा नगरपालिकाले १० लाख, गुल्मी दरबार गाउँपालिकाले पाँच लाख, मदाने गाउँपालिकाले चार लाख पाँच हजार ८ सय र मालिका गाउँपालिकाले तीन लाख सहयोग गरेका हुन्।उक्त राहत रकम पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट सङ्कलन गरी कोषमा दाखिला गरिएका हो।