पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई सेवा प्रवर्द्धनका लागि पोखरा महानगर र फ्लाईदुबईबीच समझदारी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn
पोखरा-दुबई अन्तर्राष्ट्रिय हवाई सेवा प्रवर्द्धनका लागि पोखरा महानगरपालिका र फ्लाईदुबई (दुबई एभिएसन कर्पोरेसन) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । आगामी २३ सेप्टेम्बर २०२६ देखि सुरु हुने पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई सेवाको प्रवर्द्धन तथा सार्वजनिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले समझदारी गरिएको हो ।
२७ अगस्ट २०२६ मा हस्ताक्षर भएको समझदारीपत्रमा पोखरा महानगरपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत मनहर कडरिया र फ्लाईदुबईको नेपालस्थित जनरल सेल्स एजेन्ट (GSA) को तर्फबाट युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिका अध्यक्ष परासर प्रसाईले हस्ताक्षर गरेका छन् । समझदारीपत्र एक महिनाका लागि लागू हुने व्यवस्था गरिएको छ ।
पोखरा–दुबई हवाई सेवा सञ्चालनले पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारसँगै पर्यटन, व्यापार तथा आर्थिक गतिविधिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ । महानगरपालिका र फ्लाईदुबईले प्रारम्भिक प्रवर्द्धन अभियानपछि पनि पर्यटन प्रवर्द्धन, गन्तव्य बजारीकरण, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारलगायत पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिन सक्ने समझदारी गरेका छन्