तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव जारी ढिकि जातो प्रतियोगिता सुरु
पोखरा ९ भाद्र,पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अर्न्तगत सोमबारदेखि ढिकि जातो प्रतियोगिता सुरु भएको छ ।
“हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीको मुख्य प्रायोजनमा जारी महोत्सवको चौथो दिनदेखि सुरु प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभाका उप सभामुख विना कुमारी थापाले गरेकी थिईन ।
यसरि हुन्छ प्रतिस्पर्धा
आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीका अनुसार प्रतियोगितामा सहभागीहरुको एक समुहमा पाँच जना रहनेछन् । सहभागी प्रतियोगिलाई आयोजकले एक पाथी धान दिनेछ । त्यसपछि त्यो धानलाई ढिकिमा लगेर कुट्नु पर्नेछ । कुटेको धानबाट भुस र चामल छुट्याएर चामललाई जातोमा लगेर पिठो बनाउनुपर्नेछ । यस्का लागि सहभागिले २४ मिनेटको समय पाउनेछन् । आफुले पाएको समयमा जुन समुहले धेरै पिठो बनाउछ उही समुह बिजेता हुने अध्यक्ष अधिकारीले जानकारी दिए ।
बिजेता समुहले १२ हजार ४४४, द्धितियले सात हजार ४४४, तृतियले पाँच हजार ४४४ नगद पुरस्कार पाउने प्रतियोगिता व्यवस्थापन उपसमितिका संयोजक डिल्लीराम सुवेदीले जनकारी दिए ।
यसै गरि महोत्सव अर्न्तगत मंगलबारदेखि खुल्ला एकल नृत्य प्रतियोगिता र बुधबार छेलोहान्ने प्रतियोगिता हुने आयोजक केन्द्रका सचिव दृर्गा प्रसाद अधिकारीले जानकारी दिए । एकल नृत्य र छेलोहान्ने प्रतियोगिताका बिजेताहरुले समान १२ हजार ४४४, द्घितियले सात हजार ४४४, तृतियले पाँच हजार ४४४ नगद पुरस्कार पाउने छन् ।
महोत्सव अर्न्तगत आईतबारदेखि सुरु तिज गित प्रतियोगिता जारी रहेको छ । सोमबारसम्म ११ टोलीले भाग लिएको प्रतियोगिता बुधबारसम्म जारी रहनेछ । प्रतियोगितामा प्रथम हुनेले ३४ हजार ४४४, द्घितियले २० हजार ४४४, तृतियले १० हजार ४४४, सान्त्वनाले पाँच हजार ४४४, उत्कृष्ट भेषभुषा र नृत्यले तीन हजार ४४४ नगद पुरस्कार पाउनेछन् ।
१० दिने महोत्सवमा दैनिक उपभोग्य, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा सगै अन्य विभिन्न गरि एक सय ४० व्यापारिकस्टलहरु, १२ रेष्टुरेन्टका स्टल, वाल उद्यान रहेका छन् । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहनेछ् ।
ऐतिहासिक टुँडिखेलको संरक्षण, परम्परागत नेपाली कला संस्कृतीको संरक्षण, महिला दिदी–बहिनीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, नृत्य र संगीत मार्फत महिला सशक्तिकरणमा टेवा पुर्याउने, तीजलाई भड्किला नभई मौलिक तीजको रुपमा विकास गर्ने, लोपउन्मुख संस्कृतिको जगेर्ना, अन्तरनिहित प्रतिभाको लागि स्थान र वातावरण उपलब्ध गराउने, सस्कृतिक, खेलकुद तथा ज्ञानवर्द्धक एवम् मनोरञ्जनात्मक कार्यक्रम संचालन, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धना टेवा पुर्याउने, इन्द्रेणी एकेडेमीमा रहेका बालबालिकाहरुको समग्र स्तर उन्नति गर्ने, निर्माण सम्पन्न इन्द्रेणी आवाशिय क्रियाकर्म भवनलाईलाई सुविधासम्पन्न बनाउने, शव यात्रा वाहन सञ्चालन गर्ने लगायतका उदेश्य सहित महोत्सव आयोजना गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।
महोत्सव सम्पन्न गर्न टुर्बोग वियरले सह प्रायोजन सगै गृहलक्ष्मी ग्यास, कर्मा ईन्टरनेश्नल ईम्पोल्यमेन्ट प्रालि काठमाण्डौले उप प्रायोजन गर्ने भएका छन् । यसै गरि बाल्ट्रा होम एप्लिकेसन, राष्ट्रिय वाणिज्य बैक र सालिको इन्स्यूरेन्सले प्रायोजन, राष्ट्रिय माध्यमिक विद्यालयले विशेष सहयोग, सामाजिक विकास यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पर्यटन तथा उद्योग मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, माछापुच्छे गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र पोखरा १, २, ३ वडा कार्यालयले प्रवद्धन गर्ने महोत्सव सम्पन्न गर्न गण्डकी मेडिकल कलेज, लेकसिटी पानी, कम्प्लिट गार्डेन न्युरोड पोखरा, गरिमा विकाश बैंक, गौतम स्याङ्गजा सुन चाँदी पसल चिप्लेढुङ्गा, प्रतिभा माध्यमिक बिद्यालय, पराजुली आयल स्टोस पोखरा १, कुवँर हार्डवयर, लान्दुक पेट्रोलियम प्रा.लि, पोखरा इन्टरनेट, निचि वेवि चिप्लेढुङ्गाले सहयोग गरेका छन् ।