आज यी स्थानमा भारी वर्षाको सम्भावना

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको महाशाखाले बताएको छ।

सोमबार देशभर साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका धेरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा हावाहुरीको पनि सम्भावना रहेको छ।

सोमबार राति देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी पहाडी र तराई भू –भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।