पोखरा असार ३०/ पोखरामा पौडी खेल्ने क्रममा बेपत्ता भएका पुरूषको शव फेला परेको छ । पोखरा महानगरपालिका(१७ पावरहाउसस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका पोखरा महानगरपालिका ५ प्रस्याङ बस्ने ३० वर्षीय प्रकाश त्रिपाठीको शव फेला परको हो ।
आइतबार बिहान सशस्त्र प्रहरीले शव फेला पारेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । ‘गोताखोरसहितको सुरक्षा फौजले त्रिपाठीको शव घटनास्थलको करिव ३० फिट गहिराईबाट उनको शव निकालिएको प्रहरीले जनाएको छ ।