बागलुङमा गएराती बोलेरो जिप भीरबाट खस्यो : १६ जना घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बागलुङको ताराखोलामा गएराती बोलेरो जिप भीरबाट खस्दा १६ जना घाइते भएका छन्।

जिल्लाको ताराखोलादेखि गल्कोटतर्फ फर्कदै गरेको ग १ ज ७१८९ न को बोलेरो पिक अप जिप ताराखोला ३ पिरेचास्थित बगरदेखि केहि तल आइतबार राति करिब १० बजेतिर भीरबाट खस्दा १६ जना घाइते भएका हुन्। जिप मोटरबाटो देखि करिब ३० मिटर तल खसेको बताइएको छ।

उक्त जिपमा ताराखोलाको असारेमेलाबाट फर्किएका १६ जना यात्री घाइते भएकोमा गम्भीर घाइते गल्कोट नगरपालिका ६ का प्रतिक श्रीसलाई थप उपचारका लागि पोखरा पठाईएको प्रहरीले जानकारी दिएको छ। अन्य घाइतेको गल्कोट नगर अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय हरिचौरले जानकारी दिएको छ। उक्त दुर्घटना बारे थप विवरण आउन बाकि रहेको पनि प्राप्त जानकारीमा उल्लेख छ।